गायिका तथा मोडल ज्योति थापा मगरले नृत्य गरेको ‘तल पनि पिरलो माथि पनि पिरलो चोरी खान पल्केको यो ढाडे विरालो भन्ने’ भन्ने बोलको गीत उनले गरेको अभिनयपछि उनलाई ब्लू फिल्म खेल्ने सुझाव समेत आयो ।

तर ज्योतिले आफूलाई ब्लू फिल्म खेल्न सुझाव दिने रामप्रसाद खनाललाई नै ब्लू फिल्म खेलेर देखाउन चुनौति दिइन् । तिनै ब्लू फिल्म खेल्न सुझाव पाएकी ज्योति मगरेको लघु चलचित्र ‘सर्ट फिल्म’ ‘भाँडो’ सार्वजनिक भएको छ ।
दीपा बस्नेतले निर्देशन गरेको यौन मनोविज्ञानमा आधारित सर्ट फिल्म वरिष्ठ साहित्यकार गोविन्द मल्ल गोठालेको कथा भाँडोमा आधारित फिल्म हो ।
यो चलचित्रमा ज्योति मगरसहित बराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल र शुशीला जोशिको अभिनय छ ।
हेर्नुस् भाँडो भिडियोमाः
सम्बन्धित भिडियो तल छ, हेर्नका लागि विचमा थिच्नुहोस् >>>>
Post a Comment