Latest Updates :

मनावता हराएपछि : अस्पतालले एम्बुलेन्स नदिँदा प्लास्टिकमा बेरेर शव लान बाध्य


SHARE THIS POST :
प्रकाशित मिति: बुधबार, अशोज १२, २०७३

बिहार – अस्पतालका कर्मचारीहरुलाई गरिएको कयौं आग्रहलाई वेवास्ता गरिएपछि आफन्तहरुले एउटा शवलाई प्लास्टिकको झोलमा बेरेर एकपछि अर्को अस्पताल कुदाउनु परेको छ ।

बिहारको कटिहारस्थित सादर अस्पतालमा तीनजना व्यक्तिले निकै पुरानो शवलाई पोस्टमार्टमका लागि ल्याएका थिए । शव थियो, शिन्तु कुमारको । तर, अस्पतालका अधिकारीहरुले पोस्टमार्टम गर्न अस्वीकार गर्दै त्यहाँबाट ८६ किलोमिटर टाढा रहेको भगलपुरमा शव लैजान आफन्तलाई भने ।

त्यति टाढा शव लैजान अप्ठ्यारो हुने भन्दै उनीहरुले अस्पताललाई एउटा एम्बुलेन्सको व्यवस्ता गर्न आग्रह गरेका थिए तर अस्पतालले उनीहरुको अग्रहलाई नसुनेको झैं गरिदिए ।

पछि, शिन्तु कुमारको शवलाई आफन्तहरुले प्लास्टिकमा बेरेर बोक्न बाध्य भएका थिए । ‘हामी निरिह थियौं, हामीलाई शवको पोस्टमार्टम गर्न भगलपुर लैजान भनियो । अस्पालले एम्बुलेन्स नदिएपछि हामीले प्लास्टिकले बेरेर शवलाई अर्को अस्पताल पुर्यायौं’ परिवारका सदस्यले भने ।

यसअघि अस्पतालले एम्बुलेन्स नदिँदा एक व्यक्तिले काँधमा आफ्नो पत्नीको शव बोकेर हिँड्नु परेको समाचार आएको थियो ।

– रातो पाटी

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv