Latest Updates :

'काभ्रेबाट हराएका १८ युवती अझै बेपत्ता'


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ भदौ ३१ शुक्रबार


बनेपा, ३१ भदौ । काभ्रेपलाञ्चोकबाट चालु आर्थिक वर्षको दुई महिनामा हराएका १८ जना युवती तथा महिला अझै फेला परेका छैनन् ।

जिल्ला प्रहरी कार्यालय, धुलिखेलले दिएको जानकारीअनुसार आव २०७३÷७४ मा २३ महिला हराएकामा पाँचजना फेला परेका छन् । सो आवमा ६ जना बालबालिकासमेत हराएका छन् ।

त्यस्तै, आव २०७२÷७३ मा ८० महिला हराएकामा २३ जना फेला परेका छन् भने ५७ जना अझै फेला परेका छैनन् । आव २०७१÷०७२ मा ७६ महिला हराएकामा ४२ जना फेला परेका छन् भने ३४ जना अझै फेला परेका छैनन् । “लामो समयदेखि हराएका महिला फेला पार्न कठिन छ, तर हामीले खोजतलास जारी राखेका छौँ”, प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भन्नुभयो ।

उहाँले भूकम्पपछि महिला हराउने क्रम बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै कतिपय पीडितले महिला हराएको प्रहरीमा दर्ता गर्ने तर सम्पर्कमा आएको जानकारी नदिने पनि समस्या देखिएको बताउनुभयो । रासस

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv