Latest Updates :

जोया र नानीहरुलाई लिन जिबन फिलिपिन्स प्रस्थान


SHARE THIS POST :
बुहारी फर्काउ अभियान तेश्रो चरणमा प्रबेस , १२ लाख हाराहारी सहयोग रकम उठ्ने
अबका दिनमा केके हुनेछ ?


दुबईमा भेटेर माया पिरतीमा परी संगै नेपाल गई ४ वर्ष संगै बसेका फिलिपिनी नागरिक जोया र चितवनका जिबन थापा मगर बीच २ सन्तान मिगेल र एरिक
भए, तर बसाई सराइ गरेको स्थानमा घर जग्गा नभए पछि अनेकौं प्रयास गर्दा पनि उनीहरुले बिहे दर्ता गर्न सकेनन र बच्चाहरुको पनि जन्म दर्ता हुन् सकेन ।
बर्सौं परिवार भेट्न नपाएका जोया जिबन संग पनि खासै खुसि हुन् नसकेकोमा बेला बेला ठाकठुक भइरहन्थ्यो । यसै क्रममा एक दिन जोया र नानीहरु
चितवनकै आदर्श होमको सम्पर्कमा पुगे। त्यहाँ ४ महिना बसी सके पछि अन्तत जोया फिलिपिनी कस्नुलेटको सम्पर्कमा पुगिन र नेपालका ४ बर्ष ओभर स्टे बसेको जरिवाना
कल्सुलेटले तिरिदियो ।तर दुर्भाग्य जोयालाई देशनिकाला गर्दा नेपाली बाबु बाट जन्मेका नेपालमै जन्मेका दुई अबोध बालकहरु पनि जोया संगै निकाला भए ।
कानुन अनुसार नाबालकले ५ वर्ष सम्म आमा संगै बस्न पाउने नियम भए पनि निकाला भएका आमा संगै नेपाल फर्कन पाउने स्पस्ट कागजात बिनै फिलिपिन्स गएका दुई बालकहरु
अनागरिक हुन पुगेका छन् ।
अबको हाम्रो कदम भनेको शान्तिपूर्ण बाटोबाट जोया र नानी हरुलाई नेपाल फर्काइ बिहे दर्ता र नानीहरुको जन्म दर्ता गराउनु हो ।
जसका लागि हामीले शुरुमा जोयाको घर ठेगाना पत्ता लगाई उनलाई सहयोग पठाई बिश्वास आर्जन गरेका थियौं। यस पश्चात संसार भर रहेका नेपाली हरु माझ जोयाको नाममा सहयोग
अभियान चलायौं ।जस अन्तर्गत झन्डै १२ लाख सहयोग उठ्ने पक्का भैसकेको छ ।

अब हामी संग जिबन -जोयाले फिलिपिन्समा लिन सक्ने २ वटा बाटाहरु छन् :

१. सपरिवार नेपाल कन्सुलेट फिलिपिन्समा गई मिगेल र एरिक नेपाली बाबु जिबन थापा मगर बाट नेपालमै जन्मेको जन्म दर्ता प्रमाण हामी संग भएकोले नेपाल फर्काउन सहयोग माग्ने र जोयालाई नेपाल प्रवेशमा लागेको ३ बर्से
प्रवेश निषेध हटाउन या कमसे कम ३ महिनामा झार्न अपिल गर्ने
अपिल सुनुवाई भएको खण्डमा सपरिवार नेपाल आई जिबन जोयाको बिहे दर्ता र त्यस पश्चात बच्चा हरुको जन्मदर्ता गर्ने
२.जोया र जीवनले स्थानीय नियम अनुसार बिहे गर्ने र त्यही आधारमा नानीहरुको कागजात बनाउने अनि सपरिवार नेपाल आई जिबन जोयाको बिहे दर्ता नेपालमा पनि गर्ने र लगत्तै बच्चाहरुको पनि जन्म दर्ता गर्ने , सो अघिनै जोयाको अध्यागमन निषेध हटाउन आबश्यक पहल गर्ने

जोया र नानीहरुलाई नेपाल फिर्ता गरि सके पछि उनीहरुको सहज र सामान्य जिबन यापन होस् भनि सानो तिनो उद्यममा लगाई दिने सोच हाम्रो छ ।जसका लागि न्युयोर्क निवासी सहृदयी मित्र श्री आङ कामी शेर्पा ज्युले
अनेक कस्ट सहि सहयोग संकलन गरि रहनु भएको छ ।हाल सम्म वहाले झन्डै ४८५० अमेरिकन डलर(रु.५ लाख बढी ) जम्मा गरिसक्नु भएको छ ।
यो अभियानमा कामी शेर्पा ज्युको ठुलो योगदान यस कारण पनि छकी आदर्श होमको कब्जामा रहेको जिबनको नागरिकता र पासपोर्ट कैयन दिन प्रयास गर्दा पनि निकाल्न नसकिए पछि वहाँले नै बाध्य भएर गृह मन्त्रालयमा
फोन गरी चितवन फोन गर्न लगाएर उक्त कागजात छुटाएका थिए ।यसका लागि वहाको निकट रहेर नेपालमा कार्य सम्पादन गर्नुहुने ओखलढुंगा निवासी श्री पेमा निमा शेर्पा ज्यु पनि धन्यबादका पात्र हुनुहुन्छ ।
यसका साथै वहांको जिबन जोया र जिबनको मामा कामे मगर संग भएको साहसिक र मर्मस्पर्शी कुराकानीको भिडियो सार्बजनिक भए पछि जिबन जोया बारे थुप्रै भ्रम निवारण भएको थियो भने लाखौले त्यो भिडियो हेरेपछि उद्द्वेलित हुँदै सहयोगलाई
तिब्रता दिन मद्दत पुगेको छ ।
यस बाहेक नेपाल मगर संघले जिबनको सत्य तथ्य बाहिर ल्याउन ठुलो मिहिनेत गरेको छ भने न्यायिक लडाई बारे कसरि जाने भनेर छानबिन टोलीको अन्तिम प्रतिबेदन कुरेर बसेको अवस्था छ ।
साथै जिबनको सत्य तथ्य बाहिर ल्याउन इग्लोब न्युज डटकम को ठुलो भूमिका छ भने जीवनका मामा कामे मगरले जिबनको परिवार निकट रही सम्पूर्ण प्रशासनिक कार्यहरुमा साथ दिई फिलिपिन्समा पनि आबश्यक मद्दतका लागि संगै उडेका छन् ।
भोलि उताबाट जीवनलाई लिन जोया मनिला बिमानस्थलमा आउने छिन भने जीवनका लागि जोयाको घरमा बिसेष कोठा र सामानहरु व्यवस्था भैसकेको छ ।जसका लागि केहि रकम खर्च भएको जोयाले जानकारी दिएका छन् ।
यसका साथै भोलिनै जोया संगै छोराहरु मिगेल र एरिक पनि बाबु जिबन लाइ भेट्न मनिला जान सकोस भनि हामीले ५ हजार टिकट खर्च पठाई दिने भएका छौं ।
अबका दिनमा घटना कसरि अघि बढ्छ त्यो हामी अपडेट गर्दै जानेछौं ।
यहाँ हरुको सक्रिय साथ प्रति आभारी हुँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्दछौं , धन्यवाद ।
यसका साथै संसारको कुना कुना बाट आर्थिक सहयोग गर्नु हुने महानुभावहरुलाई हार्दिक धन्यवाद भन्न चाहन्छौ साथै जोय जिबन बारे समाचार , फोटो भिडियो आदि फेसबुक , युट्युब साइट मार्फत प्रकाशन गरि व्यापक गराउन मद्दत गर्ने सम्पूर्ण लाई धन्यवाद भन्न चाहन्छौं ।

नबिन जंग
आङ कामी शेर्पा
नवांग शेर्पा
पि शेर्पा
नेपाल मगर शंघ
कामे मगर
जोया थापा माइजरेस
इग्लोब न्युज डटकम
साथमा लाखौ नेपाली मनहरु

फोटोमा सहयोग :महेश राना मगर
सदस्य मगर शंघ छानबिन समिति

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv