Latest Updates :

होसियार ! होसियार !! होसियार !!! यिनी हुन फेसबुकबाट युवकहरुलाई रुपजालमा फसाएर विवाहको नाटक गर्दै पैसा कुम्ल्याउने पुर्बेली सुन्दरी !


SHARE THIS POST :


सक्कली नाम विधा सरकार तर कहिले ईन्दिरा, कहिले रुचि अनि कहिले दिलासा जस्ता विभिन्न छद्म नाम भएको महिलाको नाम हो विधा सरकार अर्थात रुचि, दिलासा, फेमिना चापागाई । चापागाई थर बिवाह पछी राखेकी यी महिलाको ठगि धन्धाको बारेमा सायद धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ ।
नेपालको सुदुर पुर्व ईटहरी माईत भएकी बंगालीमुलकी यि महिलाले विवाह समेत पटकपटक गरि सकिन ।यिनको बिवाह धन्धा भनेको सोझासिधा नेपालीहरुलाई आफ्नो रुपजालमा फसाएर सोझा सिधा नेपालीहरु लुट्नु मात्र रहेछ भन्ने कुरा आज आएर प्रमाणित भएको छ र यहि पापको घडा भरिएर यी ठग महिला अहिले प्रहरीको चिसो कोठरीमा पुग्न समेत बाध्य भएकी छिन ।

सामाजिक संजाल फेसबुक कसैको लागी बरदान साबित भएको छ भने कसैको लागी अभिसाप । फेसबुक मार्फत सोझा सिधा युवकहरुलाई आफ्नो रुपजालमा फसाएर विवाहको नाटक रच्दै रकम कुम्ल्याउन माहिर रैछन भन्ने कुरा आज प्रहरीको फन्दामा परे पछी मात्र धेरैले चाल पाए । केहि समय मलेसियाको बसाई पछी यी ठग महिलाले म अहिले जर्मनीमा छु । म संग रातो पासपोर्ट छ !

युरोप पठाई दिन्छु भन्दै सोझा सिधा नेपालीहरुलाई आफ्नो मोहिनी रुपजालमा फसाउन सफल भईन । त्यसरी फस्नेमा पुर्व तिर घर भएका थपलिया थरिका ब्यक्ति परे । विवाहको नाटक देखाएर यी ठग महिलाले आफ्ना पति जेठाजु देखि देउरानी समेतलाई आफ्नो वाकपटुताले लठ्याएर करोडौ करोड रकम ठग्न सफल भएकी रैछिन । ती आईमाई एक्लैले यस्तो काम गर्न पक्कै पनि सक्दैन । आफ्नो मोहनिजालमा युवाहरुलाई फसाउदै लाखौ रकम लिएर टाप कस्नमा मद्धत गर्ने माईतिकै सदस्यहरु आमा ईन्दिरा तथा सानीआमा यमुना रैछ भन्ने कुरा पनि पछी खुल्न आएको देखियो ।

कुनै पनि व्यक्तिको घरमा अपरिचित पुरुष आएर घरकी बुहारीलाई तर्साउछन भने घरको मुलिले पक्कै पनि सहन सक्दैन । फेसबुक चिनाजानी मार्फत पाचौ पटक बिवाह गरेर आएकी यी धुर्त आईमाईले धेरै युवाहरुको भबिस्य बर्बाद बनाई दिएको रैछ भन्ने कुरा पति देखि घर मुलिले पत्तो पाउने कुरा पनि भएन । युरोप पठाई दिन्छु भनेर रकम लिईन तर नपठाए पछी पिडित मध्येका एकलाई रकम फिर्ता त गरिन सिद्धार्थ बैंक ईटहरीको नाउँमा काटिएको त्यो चेक सक्कली नभएर नक्कली रहेछ भन्ने कुरा समेत प्रमाणित भएको देखियो । जुन दिन बाट हालको बिवाह गरेको लोग्नेको घरमा बिहा गरेर प्रबेस गरिन त्यस पछी घरमा अपरिचित मानिसहरु आएर यो आइमाइले हामीलाई युरोप पठाई दिन्छु भनि लाखौ ठगेको छ भन्दै पैसा माग्नेको तातीं देख्दा घर मुली देखि पति सम्म छक्क पर्नु स्वभाविकै थियो । हुँदाहुँदा एक दिन प्रहरिनै आएर पक्राउ गरि लगेपछी पाँचौ पटकका पति देखि पतिका घरका सम्पूर्ण सदस्यहरु समाजमा बेईज्जति हुने भयेले चिन्तामा पर्नु स्वभाविकै थियो ।

राजनेताहरुलाई आफ्नो मोहनी सुन्दरता देखि चिप्लो कुराले प्रभाव पार्न खप्पिस यी महिला समय समयमा सामाजिक कार्यमा संलग्न भएको देखाउन समेत खप्पिस थिइन । समाज सेवा भन्दै वालवालिकालाई सहयोग गरेको तस्बिर सामाजिक संजाल फेसबुकमा राख्ने यी महिला ठुला पार्टीका नेताहरुको नजिक पुग्न समेत सफल भएकी थिइन । केहि तस्बिरले त्यस्तै देखायो । पार्टीका नेताहरु संग तस्बिर खिचाएर आफ्नी ठगि धन्दा चलाउन फेमिना चापागाई माहिर रैछीन । अनुहार तथा सौन्दर्यको भरपुर फाईदा उठाएर थुप्रैलाई आफ्नो बसमा पारेर युरोप पठाई दिन्छु भनि करोडौ करोड ठग्न सफल फेमिना चापागाई हाल प्रहरी हिरासतमा छिन । पापको घडा भरिन्छ भनेको यहि नै हो क्यार ।

हाम्रो गाउँ समाजमा बस्ने नागरिकहरु आफ्नो छोरी चेली बुहारीले गल्ति गर्यो भने समाजमा बेईज्जत हुन्छ भन्ने भयले साँचो कुरा बाहिर ल्याउन चाहादैनन । प्रहरी आएर पक्राउ गरि नलगेको भए विधा सरकार अर्थात फेमिना चापागाईले अन्य धेरैलाई आफ्नो मोहनीजालमा फसाएर घरको न घाटको बनाउने पक्का थियो । पिडितहरुले उजुरी गरेको भएर पक्राउ परि अहिले जेलको चिसो हावा खादैछिन तर पनि जेलबाट छुटेर आएपछि हालको पतिलाई तलाई ठिक पार्छु , मेरो शक्ति देखाई दिन्छु भनेर धम्क्याउन छाडेकी छैन । हामीले महिला हिंसाको बारेमा त सुनेका थियौ तर महिलाबाट पुरुषहरु लुटिने र ठगिने गरिन्छ भने यस्तो कार्यलाई पुरुष हिंसा भनेर भन्न मिल्छ कि मिल्दैन ? यस्तो प्रश्न उठ्न पनि सक्छ होला । हिजो आफ्नो सुन्दरताको कारणले माता सीतालाई राबणले हरण गरेको त सुनेका थियौ । आज आफ्नो सुन्दरताले पुरुष हरण गरेर लाखौ लाख लुटेको पनि देख्न पाईन्छ भने कम्युनिस्ट नेताहरुले भन्ने गरेको महान क्रान्तिकारी तथा अग्रगामी छलांग भनेको यहि त हैन भनेर सोच्न कर लाग्छ कि लाग्दैन ?

कुनै पनि महिलाको सुन्दरतामा मक्ख परेर सामाजिक संजालमा कुरा गरेको भरमा आनीबानी नबुझिकन बिवाह गर्नु भयो भने त्यसले बिपत्ति निम्त्याउन बेर लाउदैन । नेपालमा हत्यारा देखि ज्यानमारा समेत धनदेखि शक्तिको आडमा सजिलै संग हिरासत मुक्त हुने गरेका देखेका छौ । पिडितहरुले न्याय पाउलान नपाउलान त्यो न्यायमुर्तिको हातमा छ तर भोलि जेलबाट छुटे पछी पुन आफ्नो रुप रंग र यौवनको लोभ देखाएर यी महिलाको जालमा कोहि पनि नपरुन ।

श्रोत : फेशबुक
गौरादहका हामी नेपाली
on Saturday
फेसबुकबाट युवकहरुलाई रुपजालमा फसाएर विवाहको नाटक गर्दै पैसा कुम्ल्याउने सुन्दरी जेल चलान ----:

सक्कली नाम विधा सरकार तर कहिले ईन्दिरा, कहिले रुचि अनि कहिले दिलासा जस्ता विभिन्न छद्म नाम भएको महिलाको नाम हो विधा सरकार अर्थात रुचि, दिलासा, फेमिना चापागाई । चापागाई थर बिवाह पछी राखेकी यी महिलाको ठगि धन्धाको बारेमा सायद धेरै नेपालीहरुलाई थाहा नहुन सक्छ ।...

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv