Latest Updates :

'आफ्नै साथीले हत्या गरेको खुलासा'


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज ७ शुक्रबार


झापा,असोज  ७ । शरणामती गाविसका सहलेखापाल यामनाथ रिजालको हत्यामा संलग्न भएको भन्दै सोही ठाउँका ४६ वर्षीय लय शिवाकोटीलाई प्रहरीले पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीको प्रारम्भिक अनुसन्धानबाट शिवाकोटीले नै उनको हत्या गरेको देखिएकाले ज्यान मार्ने उद्योगमा उनीमाथि मुद्दा दर्ता गरिएको बताउनुभयो ।

शिवाकोटीले मोटरसाइकलमा पछाडि राखेर रिजाललाई घरतर्फ लगेको र शरणामती–५ चप्रमारीमा उनको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाले उनीमाथि मुद्दा चलाइएको प्रहरी उपरीक्षक क्षेत्रीले बताउनुभयो ।

रिजालको बुधबार बिहान कनकाई नगरपालिकाको चप्रमारीमा सडक किनारमा शव फेला परेको थियो । रिजालको निधार र खुट्टामा नीलो डाम देखेपछि प्रहरीले शिवाकोटीलाई नियन्त्रणमा लिएको थियो । शिवाकोटी र रिजाल साथी भएको प्रहरीले जनाएको छ ।

मङ्गलबार राति अबेरसम्म सुरुङ्गास्थित त्रिवेणी होटलमा मृतक रिजाल र शिवाकोटीले मादकपदार्थ सेवन गरेर घर फर्कने क्रममा रिजालको चप्रमारीमा हत्या भएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले बताउनुभयो ।

रिजालको हत्या भएको विरोधमा स्थानीय निकाय कर्मचारी सङ्घ झापाले बिहीबार स्थानीय निकाय अन्तर्गतका सबै कार्यालय बन्द गरेर हत्याराको पहिचान गरी कानुनी कारबाही गर्न माग गरेका थिए । रासस



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv