विजय नेपाल, असोज ६ , काठमाडौं ।
सहकारीमा सर्वसाधरणले गरेको बचत असुरक्षित रहेको पाइएको छ । सरकारको कमजोर, नीतिका कारण सहकारी क्षेत्रमा करोडौं रकम कुम्लाउने मौलाउदैं गएका हुन ।
सहकारी विभाग अन्तरर्गतको डिभिजन सहकारी कार्यायल काठमाडौंका अनुसार अहिले, जनताको अराबौं रकम ठगी गरी भगौंडाको सूचीमा काठमाडौंमा मात्रै ४५ सहकारी छन् । ठगी गर्ने सहकारीले कम्तीमा ५० लाख भन्दा कम ठगी गरेका छैनन् ।
डिभिजन कार्यालय काठमाडौंको तथ्यांक अनुसार, भगौंडाको सुचीमा रहेका सहकारीहरुमा कोटेश्वरमा रहेको नोबेल बहुउद्देश्यीय सहकारी संस्था, नयाँ बानेश्वरमा रहेको युनिटी फाइनान्स सहकारी संस्था,सिनामंगलमा रहेको क्वालीटी बचत तथा क्रृण सहकारी संस्था, बत्तिसपुतलीमा रहेको नेको बचत तथा क्रृण सहकारी संस्था,चाबहिलमा रहेको श्री लक्ष्मी बचत तथा क्रृण सहकारी संस्था,पुतलीसडकमा रहेको नवतारा बचत तथा क्रृण सहकारी संस्था,पुरानो बानेश्वरमा रहेको कामना सेभिङ एण्ड को–अपरेटिभ लिमिटेड, त्रिपुरेश्वरमा रहेको त्रिदेव बचत तथा क्रृण सहकारी संस्था, नयाँ बानेश्वरमा रहेको ज्वाला बहुउद्देश्य सहकारी संस्था, न्यूरोडमा रहेको आस्था बचत तथा क्रृण सहकारी संस्था,कालिमाटीमा रहेको बंगलामुखी फाइनान्स सहकारी संस्था,बानेश्वरमा रहेको क्रियटिभ सेभिङ् एण्ड फाइनान्स सहकारी संस्था लिमिटेड, कोटेश्वरमा रहेको बुढानिलकाण्ठ बचत तथा क्रृण सहकारी संस्था, ताहचलमा रहेको छिगु बहुउद्देश्य सहकारी संस्था लिमिटेड,सामाखुसीमा रहेको पिस नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, डिल्लीबजारमा रहेको एभरोल फाइनान्स सहकारी संस्था,मिनभवनमा रहेको शिखर बचत तथा क्रृण सहकारी संस्था लिमिटेड,कालीमाटीमा रहेको शुभकामना बचत तथा क्रृण सहकारी संस्था लि.,नयाँ बानेश्वरमा रहेको युनियन को अपरेटिभ लि.,कुलेश्वरमा रहेको ढुकुटी बचत तथा क्रृण सहकारी संस्था,पुतलीसडकमा रहेको न्यातापोलो बहुउद्देश्यीय सहकारी संस्था, नयाँ बानेश्वरमा रहेको गोरखकाली बहुउद्देश्यीय सहकारी संस्था त्रिपुरेश्वरमा रहेको सप्तकोशी बचत तथा क्रृण सहकारी संस्था रहेका छन् ।
त्यस्तै, नयाँ बानेश्वरमा रहेको पृथ्वी बहुउद्देश्य सहकारी संस्था लि.,पुतलीसडकमा रहेको सुनकोशी बहुउद्देश्यीय सहकारी संस्था,त्रिपुरेश्वरमा रहेको भिजन फाइनान्स सहकारी संस्था लि.,डिल्लीबजारमा रहेको नवदुर्गा बहुउद्देश्यीय सहकारी संस्था लि.,सुन्धारामा रहेको आश्मा सहकारी फाइनान्स,बागबजारमा रहेको बेनीराम बचत तथा क्रृण सहकारी संस्था, महाराजगंजमा रहेको भवानी बहुउद्देश्य सहकारी संस्था लि.,पुतलीसडकमा रहेको वल्र्ड बहुउद्देश्यीय सहकारी संस्था लि.,बैद्धमा रहेको दिलिप बचत तथा क्रृण सहकारी संस्था,नयाँ बानेश्वरमा रहेको सिम्रिक बचत तथा क्रृण सहकारी संस्था लि., ठमेलमा रहेको फ्यूचर फाइनान्स कोअपरेटिभ लि., न्यूरोडमा रहेको कालभैरव बहुउद्देश्यीय सहकारी संस्था लि.,बागबजारमा रहेको बृहस्पति बहुउद्देश्य सहकारी संस्था लि.,पुतलीसडकमा रहेको मोडर्न बहुउद्देश्यीय सहकारी संस्था लि.,स्वयम्भुमा रहेको सगौरब बचत तथा क्रृण सहकारी संस्था लि.,बानेश्वरमा रहेको सिद्धार्थ सेभिङ् एण्ड क्रेडिट कोअपरेटिभ लि.,असनमा रहेको सेन्टर फाइनान्स सहकारी संस्था, थापाथलीमा रहेको आनन्द बचत तथा सहकारी संस्था लि.,कमलादीमा रहेको पब्लिक सेभ कोअपरेटिभ लि.,खशीबजारमा रहेको स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लि.,विजेश्वरी काठमाडौंमा रहेको न्यू ग्लोबल सेभिङ् एण्ड इनभेष्टमेन्ट कोअपरेटिभ लि.,अनामनगरमा रहेको नागेश्वर बाबा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड रहेका छन् ।
भगौडा सहकारीमाथी आवश्यक कारबाहीका निम्ति डिभिजन सहकारी कार्यालयले आवश्यक कारबाही अघि बढाएको जनाएको छ । कार्यालयका प्रमुख वरिष्ठ सहकारी अधिकृत नारायणप्रसाद अर्यालले भगौंडा सहकारीको सूची उपभोक्ताले दिएको उजुरीका आधारमा तयार गरिएको बताए ।
उनले कडा कानुनको अभावमा सहकारीमा विकृती बढ्दै गएको स्वीकादैं सर्वसाधरणको बचत सुरक्षित गर्न राज्यले कडा सहकारी नीति अबलम्बन गर्न जरुरी रहेको बताए ।
अर्यालले, भगौंडा सहकारीलाई कानुनी दायरामा ल्याउन डिभिजन सहकारी कार्यालय काठमाडौंले विभाग, मन्त्रालयस“ग समन्वय गरी अघि बढिरहेको बताए ।
उनका अनुसार यो सूचीमा समस्याग्रस्त सहकारीको सूचीभने समावेश गरिएको छैन । यसरी सहकारी भित्र ठगीको विगविकी बढ्दा बचतकर्ता भने झनै त्रसित बन्ने देखिन्छ ।
Post a Comment