Latest Updates :

घाईतेको उपचार खर्चबापत मधेसकेन्द्रित दललाई एक मुष्ठ १ करोड ४० लाख रुपैयाँ दिने तयारी


SHARE THIS POST :

काठमाडौँ, ७ असोज - सरकारले तराई–मधेस आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार खर्चबापत मधेसकेन्द्रित दललाई एक मुष्ठ १ करोड ४० लाख रुपैयाँ दिने निर्णय गरेको छ। मन्त्रिपरिषदले विभिन्न अस्पतालको बिलका आधारमा रकम दिने निर्णय गरेको सञ्चार मन्त्री
सुरेन्द्र कार्कीले जानकारी दिए।   मधेसकेन्द्रित दलहरूले घाइते आन्दोलनकारीको उपचारका क्रममा अस्पताललाई तिर्न बाँकी बिलबापतको रकम र पार्टी नेताहरूले उपचारमा गरेको खर्चको सोधभर्नाबापत १ करोड ७८ लाख रुपैयाँ सरकारसित माग गर्दै आएका थिए। मन्त्री कार्कीका अनुसार गृह मन्त्रालयले विभिन्न अस्पतालको बिलका आधारमा १ करोड ४० लाख रुपैयाँ दिन सिफारिस गरेको थियो।  कान्तिपुर दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv