Latest Updates :

युवकलाइ नेपाल घुम्न बोलाएर एक युवतीले यसरी गरिन अपहण

SHARE THIS POST :

पोखरा: भारतीय सीमा सहर सुनौली जुगौलीका खुर्सिद अहमदलाई आफ्नो ठेगाना भन्न निकै सजिलो थियो । कसैले घर कहाँ भनेर सोध्दा उनी भन्न सक्थे, ‘जुगौलीको सबैभन्दा अग्लो र राम्रो घर जुन हो, त्यही मेरो हो ।’ सबैको आँखामा बसेको घरकै कारण आफ्नै छिमेकीको आँखी भएको छु भन्ने उनलाई कहिल्यै हेक्का भएन ।

त्यो घर उनी जहाँ मस्तको निन्द्र निदाउँथे र आरामको जीन्दगी बाँचिरहेका थिए। यसवर्ष त्यसकै कारण उनको झण्डै ज्यान गएको खबर आजको अन्नपूर्णमा केशवशरण लामिछानेले लेखेका छन्।  उनको धनदौलत देखेर आरिस गर्ने छिमेकीको योजनामा बुनिएको प्रेमको नाटकमा परी अपहृत अहमद मुस्किलले बाँचेका छन् । भैरहवाकी एक युवतीसँग फोनैफोनमा चिनजान भएर उनी यसै साता घुम्न पोखरा आएका थिए । त्यतिखेर मात्रै उनी छाँगाबाट खसे जब उनलाई युवतीले आफ्नो घर हो भनेर लगेको ठाउँमै थुनिनुपर्‌यो ।

भदौ १२ गते उनी लेखनाथ नगरपालिका-८ सिसुवामा अशोक अधिकारीको घरको एक कोठामा बन्धक बने । झ्यालबाट झरेर निस्कँदा चोरको बात लाग्यो र प्रहरीकहाँ पुर्‌याइए । प्रहरीले तलासी लिएपछि बल्ल खुल्यो, उनी त अपहरणमा परेका रहेछन् । यता उनी कोठामा थुनिएका थिए, उता उनका दाजुसँग एक करोड रुपैयाँ माग्दै फोन पुगिसकेको थियो । ‘नदिए मार्ने धम्की दिएका रहेछन्’, कास्की प्रहरी प्रवक्ता डीएसपी गजुसिद्धि बज्राचार्यले अन्नपूर्णसँग भने ।

स्रोतका अनुसार भैरहवाबाट फोन गर्ने नेपाली युवतीले भेटघाट र घुमघामको बहानामा उनलाई पोखरा बोलाइन् । उनी पनि युवती भेट्ने लालसाले आए । ती युवतीलाई परिचालन गरेका उनकै छिमेकी र मधेसी मूलका नेपालीले लेखनाथमा अशोक अधिकारीको घरमा डेरा लिइसकेका थिए ।

मार्बलको काम गर्ने भनेर परिचय दिएका उनीहरूले घरबेटीलाई पहिल्यै बैना पनि बुझाएका थिए । बैना बुझाएको भोलिपल्टै त्यो डेरामा लगेर अहमदलाई थुनिएको थियो । कास्की प्रहरीले अहमद अपहरणका योजनाकार उनका छिमेकी र नेपाली अरू युवालाई समातिसकेको छैन । अहमदलाई पोखरासम्म डाक्न प्रयोग भएको गाडीका चालक भने कास्की प्रहरीको फन्दामा परिसकेका छन् ।

अपहरणमा संलग्न आरोपमा प्रहरीले भारतीय नागरिक साहाबुद्धिन कुसेरीलाई पक्रेको हो । उनको साथबाट प्रहरीले एक थान पेस्तोल पनि बरामद गरेको छ । खोजतलास गर्दा प्रहरीले त्यो डेराबाट मेड इन युएसए उल्लिखित पेस्तोल फेला पारेको हो ।

डीएसपी बज्राचार्यका अनुसार स्थानीय अशोक अधिकारीको घरमा नेपालको मधेसी मूलका एक र अर्का भारतीय नागरिकले शुक्रबार डेरा लिएका थिए । ‘शुक्रबार डेरा लिए, शनिबार गएर बैना दिए, आइतबार मान्छे अपहरण गरेर लगी बन्धक बनाए’, डीएसपी बज्राचार्यले भने, ‘मार्बलको काम गर्ने मान्छे हौं भनेर डेरा लिएका रहेछन् ।’

डीएसपी बज्राचार्यका अनुसार अपहरणकारीले एक महिनाअघिदेखि योजना बनाएका थिए । सोहीअनुसार अहमदलाई उनीहरुले पोखरा घुम्न र यतै कुराकानी गर्न बोलाएर अपहरण गरेको बज्राचार्यले बताए । भदौ ११ गते पोखरा आएका अहमद भोलिपल्टै बन्धक बनाइएका थिए र पर्सिपल्ट मुक्त भएका थिए ।

प्रहरीले साहाबुद्धिन कुसेरीलाई थप अनुसन्धानका लागि थुनामा राख्न कास्की जिल्ला अदालतबाट १७ गते अनुमति लिइसकेको छ । उक्त घटनामा संलग्न नवलपरासी कावासोती-११ बस्ने वर्ष २१ का अरुण घलेलाई रूपन्देहीबाट पक्राउ गरी कास्की प्रहरीमा ल्याइसकिएको छ । अहपरणका मुख्य योजनाकारको खोजी गरिरहेको जानकारी पनि डीएसपी बज्राचार्यले दिए ।

दुई वर्षअघि पनि पोखरामा घुम्न बोलाएर अपरहण गर्ने भारतीय नागरिक पक्राउ परेका थिए । भैरहवानजिकको भारतीय सीमा सहर नौतनहवाका अमृतपाल सिंह र गुरुदीपपाल सिंहलाई लेकसाइडको होटलमा बन्धक बनाएर अपरहणकारीले ५० लाख रुपैयाँ फिरौती मागेका थिए । अंग्रेजी नयाँ वर्षको मौकामा पोखरा घुम्न आएका उनीहरूलाई नौतनहवाकै राजेन्द्र कसोधन, महाजन गुप्ता र राजेश कसोधनले नेपाली युवाहरूसमेत अपहरण गरेका हुन् । त्यतिबेला होटललाई चारैतिरबाट घेरा हाली प्रहरीले अपहृतको उद्धारसँगै पीडकलाई पक्रेको थियो ।

पोखरामा नयाँ वर्ष मनाएर गोरखाको मनकामना मन्दिर पुगेका सिंह दाजुभाइसहित ६ जनालाई रोहित सुनार, कमल पुनमगर र सुरज सेनको सहयोगमा अन्य भारतीयले अपहरण गरी सोही दिन साँझ पोखरा ल्याएका थिए ।

Post a Comment

bbc

Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv