Latest Updates :

वि.सं. २०७३ साल भदौ १९ गते आइतबारको राशिफल हेर्नुहोस


SHARE THIS POST :


आजको राशिफलः- वि.सं. २०७३ साल भदौ १९ गते आइतबार तदनुसार इश्वी सन् २०१६ सेप्टेम्बर महिनाको ४ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। तिथि– तृतीया, १६:५५ बजेउप्रान्त चतुर्थी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। उपलब्धिले थप उत्साह जगाउनेछ। हिम्मतले काम बनाउन सकिनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन्। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ भने प्रतिस्पर्धीहरूलाई पछि पार्ने समय छ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउन सक्छन्।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पछिका लागि फाइदा हुने भए पनि सोचेको परिणाम तत्काल प्राप्त नहुन सक्छ। अधैर्य व्यवहारले समस्या निम्त्याउन सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। व्यापारमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। स्वास्थ्यमा देखिएको कमजोरीले काममा समेत बाधा उत्पन्न हुनेछ। धैर्यसाथ जुट्नुहोला, लगनशीलताले परिस्थितिलाई बदल्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। पारिवारिक असमझदारी बढ्न सक्छ। टाढिएका सन्तानलाई आमाको यादले सताउन सक्छ। अरूका विषयमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला। शुभचिन्तकहरूको सुझावले फाइदा दिलाउनेछ। मेहनत गर्दा भूमि तथा कृषिबाट पनि फाइदा हुनेछ। सामाजिक कार्यले सम्मानित स्थान दिलाउनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
बौद्धिक अभिव्यक्तिले विशेष अवसर दिलाउला। मेहनतले सम्मानित स्थान दिलाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
उठ्नुपर्ने रकम हातलागी हुनाले आम्दानी बढ्नेछ। साथीभाइको सहयोग जुट्नाले दाम, इनाम र प्रतिष्ठा कमाउन सकिनेछ। अचल सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार-व्यवसायमा प्रशस्त फाइदा हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। दिगो फाइदाका लागि लगानी बढाउन पनि सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा होला। दीर्घकालीन काममा जग बसाउने अवसर प्राप्त हुनेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा दिक्दारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
अनावश्यक भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। नसोचेको समस्या देखा पर्नाले मन खिन्न हुन सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
परिवारजनको साथले नयाँ आशा पलाउनेछ। विभिन्न सहयोग र उपहार पाइनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ।आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv