Latest Updates :

आमा परपुरुषसंग दोस्रो बिहे गरी गएसँगै बुबाले अर्कै महिला लिएर भागेपछि विच्चलीमा परेका दिदीभाईलाई शैक्षिक सहयोग


SHARE THIS POST :


चितवन १८ भदौ । आमा परपुरुषसंग दोस्रो बिहे गरी गएसँगै बुबाले अर्कै महिला लिएर भागेपछि बिचल्लीमा परेका दूई दिदिभाईलाई अमेरिकाको नेपाल जर्नी नामक संस्थाले आवासिय सुविधा सहितको शिक्षा प्रदान गरेको छ । बाबुआमाले छोडेर हिडेपछी बिचल्लीमा परेका एकै परिवारका दिदि भाई दुुई जनालाई सहयोग गरिएको हो ।
बुुबा बैदेसिक रोजगारीमा कतार पुुगेका बेला आमा सबिना चेपागं पर पुरुष संग भागेपछी अभिभावक वीहिन बनेका नावालक छोराछोरी बाबुको आसामा बसे, बाबु बैदेसिक रोजगार बाट घर फकेर पुन अर्को बिहेगरी घर छोडेपछी दुुई दिदिभाई बिचल्लीमा परेका थिए । अभिभावक वीहिन भएका ८ वर्षकी संगित र ७ वर्षका लोकज्ञान गोलेलाइ चितवनको पूूर्वि क्षेत्रमा रहेको बिन्देश्वरी निम्न माध्यामिक बिद्यालयमा आवासिय सुबिधा सहित अध्ययन गर्ने व्यवस्था मिलाएको नेपाल जर्नी संस्थाकी अध्यक्ष मौसमी श्रेष्ठले जानकारी दिनु भयो । अमेरिकामा रहेका नेपालीहरुले सञ्चालन गरेको सो संस्थाले शुुक्रवार बिद्यालय परिसरमा कार्यक्रम गरी उनीहरुलाई आवश्यक कपडा, खाद्यान्न, शैक्षिक सामाग्री सहित वासका लागि दुईवटा सुबिधायुक्त पलङ(खाट) प्रदान गरेको विद्यालयका प्रधानाध्यापक भिम प्रसाद खनालले बताउनुुभयो । संस्थाले हरेक महिना विद्यालयको खातामा बिद्यार्थीका लागी आवस्थक मासिक रकम उपल्ब्ध गराउने गरि स्कुल संग सम्झौता भएको खनालले जानकारी दिनुुभयो ।

सो अवसरमा बोल्दै जिल्ला शिक्षा कार्यालय चितवनका बिद्यालय निरिक्षक रामकृष्ण सिंखडाले अबिभावक बिहिन बालबालिकाको उज्यालो भबिष्यका लागी संस्थाले गरेको सहयोग महत्वपूूर्ण रहेको बताउदै बालबालिकाको शैक्षिक बिकासका लागी शिक्षा कार्यलय पनि नेपाल जर्नीसंग हातेमालो गर्न तयार रहेको बताउनुुभयो । अभिभिावक वीहिन भएका बालबालिकालाई सहयोग गर्न पाएकोमा निकै खुसि लागेको बताउदै संस्थाकी सचिव अन्जना मल्लले आफुहरुले हर प्रयास गरेर ति बालबालिकाको शैक्षिक बिकासमा लाग्ने प्रतिवद्धता जनाउनुुभयो ।

संस्थाले आर्थीक बिपन्न बालबालिकाको शैक्षिक बिकासका लागी आर्थीक सहयोगका साथै बिभिन्न बिद्यालयमा ईलाईब्रेरी बनाउने काम गरेका संस्थाका निर्देशक ईन्दिरा बाग्लेले बताउनुभयो । संस्थाले चितवनको बालकुमारी उच्च माबिमा ईलाईब्रेरी निमार्ण, चितवनकै भारलाङ प्राबिमा शैक्षिक सामाग्रि सहयोग क्यान्सर बाट ग्रसित बालिका अनिसा कुमालको उपचारमा सहयोग गर्नुका साथै चितवनको रामेश्वर पुस्तकालयमा ई लाईब्रेरी, चितवनको कान्दामा नेपाज जर्नी लाईब्रेरी का साथै मकवानपुरको हेटौडामा करिव १५ लाखको लागतमा नेपाल जर्नी ई लाईब्रेरी निमार्ण थालेको संस्थाका उपाध्यक्ष बद्रि श्रेष्ठले बताउनुभयो । बिद्यालयका अध्यक्ष दिपक राज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ चितवनका कोषाध्यक्ष होमनाथ सापकोटा, नेपाल जर्नीका स्थानिय संयोजक मुुरली प्रसाद गजुरेल,सञ्चार संयोजक प्रकाश सिग्देलले बिद्यालयका प्रअ र बिद्यार्थीलाई सो सामाग्रि हस्तान्तरण गरेका थिए । .

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv