Latest Updates :

दसैँमा घर जान आठ लाख यात्रुलाई बसको टिकट छैन


SHARE THIS POST :

काठमाण्डाै । यसपालि दसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिर जाने सर्वसाधारणलाई समस्या हुने भएको छ। यातायात व्यवसायीका कारण सार्वजनिक यातायातमार्फत बाहिर जाने करिब आठ लाख सर्वसाधारणले अझै टिकट पाएका छैनन् । दसैँका वेला गत वर्ष करिब १८ लाख मानिस उपत्यकाबाट बाहिरिएका थिए । यस वर्ष हालसम्म करिब १० लाख टिकट मात्र बिक्री भएको छ । तर, अधिकांश यातायात व्यवसायी संघले टिकट सकिएको भन्दै अग्रिम टिकट बुकिङ बन्द गराइसकेका छन् । टिकट काट्न बसपार्क जानेहरू रित्तो हात फर्कने गरेका छन्।

क्षमताभन्दा धेरै यात्रु राख्न कडाइ गरेपछि यातायात व्यवसायीले थोरै मात्र बस थपेर सञ्चालन गर्न लागेका छन्। क्षमताभन्दा धेरै यात्रु बोक्न दिए मात्र थप टिकट बिक्री गर्ने अडान व्यवसायीहरूको छ । दुर्घटना बढेपछि यातायात व्यवस्था विभागले सिट क्षमताभन्दा धेरै यात्रु बोक्न दिएको छैन।

त्यसको विरोधमा यातायात व्यवसायीहरूले दशैंमा धेरै बस सञ्चालन गर्न नमानेका हुन् । सिट क्षमताअनुसार मात्र चलाउँदा उपत्यका फर्कंदा यात्रु नहुने हुँदा आफूलाई घाटा हुने उनीहरूको दाबी छ । ‘कि क्षमताभन्दा धेरै यात्रु राख्न पाउनुप¥यो कि बसलाई इन्धन हालिदिनुपर्छ भन्ने उनीहरूको माग छ,’ यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले भने, ‘हामीले नाफा मात्र नखोज्नोस् दशैंको बेला सेवा पनि गर्नुपर्छ भनेका छौं। छलफल भइरहेको छ ।’

पश्चिमतर्फ जाने बस टिकट सकिए

महेन्द्रनगर, धनगढी, बाँके, बुटवल जाने बसका टिकटहरू सकिएको व्यवसायीले बताएका छन् । पूर्व जाने बसहरूको पनि सर्वसाधारणले सहज रूपमा टिकट पाएका छैनन् । समस्या व्यवस्थापनबारे छलफल भइरहेको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सिटौला बताउछन्।

यातायात मन्त्रालयमा शुक्रबार अहिले देखिएको समस्याबारे छलफल हुँदैछ। सडक समस्या तथा नयाँ बस नथपेकाले पनि टिकटको अभाव भएको हो । गत वर्षको नाकाबन्दीमा व्यवसायीले आर्थिक समस्या झेलेकाले नयाँ बस थप्न समस्या भएको सिटौलाले बताए । मुग्लिन–नारायणघाट सडकखण्ड पनि एउटा कारण भएको उनको भनाइ छ।

१६ दिनलाई सबैतिर रुट परमिट

व्यवसायीकै दबाबमा सरकारले १५ देखि ३० असोजसम्म सबै जिल्लाका सडकमा अस्थायी रुट परमिट दिने निर्णय गरेको छ । जभाभावी परमिट दिँदा दुर्घटना बढ्ने ट्राफिक प्रहरीको चिन्ता छ । तर, दसैँमा सर्वसाधारणलाई मर्का पर्न नदिन परमिटको निर्णय भएको हो । परमिट दिँदा पनि व्यवसायीले क्षमताभन्दा बढी बोक्न पाउनुपर्ने भन्दै अप्ठेरो पारेका छन्।

गत वर्षको तुलनामा अझै ४० प्रतिशत टिकट बुकिङ हुन बाँकी छ । सडकको अवस्थासहितका कारणले यस वर्ष धेरै बस सञ्चालन गर्न नसकिएको र छिटै टिकट सकिएको यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताए । माग पूरा भए फेरि टिकट खोल्न सकिने एक व्यवसायीको भनाइ छ । केही यातायात व्यवसायी समितिले भने सर्वसाधारणलाई टिकट नदिई ‘होल्ड’समेत गरेका छन् ।अाजकाे नयाँ पत्रिका दैनिकमा खबर छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv