Latest Updates :

नौ फिटको विशाल सर्प हेर्न हजारौँको भीड (फोटो सहित)


SHARE THIS POST :

महोत्तरी,
सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ । पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा रहेको जिल्ला वन कार्यालयको वनरक्षक बस्ने क्वार्टरमा १८ दिन अगाडिदेखि बस्दै आएको सो विशाल सर्पलाई दर्शन गर्न दिनहुँ दूध, लावा र भेटी लिएर आउने सर्वसाधारणको भीड लागेको छ । सो सर्पलाई हेर्नको लागि दिनहुँ ४÷५ हजारको सङ्ख्यामा मानिसहरु आउने गरेका र अहिलेसम्म २१ हजार भेटी सङ्कलन भएको कालिन्जोर–६ का टलकबहादुर मगरले बताउनुभयो । हेर्दा अजिगङ्र जस्तो लागे पनि सो सर्प नागिनको रुप भएकाले धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्पराअनुसार दूध र लावा चढाएर मानिसले पूजा गरिरहेका मगरको भनाइ रहेको छ । जङ्गली सर्प भए तापनि सो विशाल सर्पलाई मानिसले नजिकै गएर हातले स्पर्श गर्दासमेत कुनै प्रतिक्रिया देखाएको छैन । सर्पमा हुनुपर्ने गुण नागिन सर्पले नदेखाएपछि दर्शन गर्न त्यहाँ पुग्ने मानिस तीन छक्क परेका छन् । सर्पको दर्शन गर्न पुग्नेमध्ये कतिपयले देवीदेवता आएर हा हु गर्दै जीउ कमाउने गरेका छन् । उनीहरु हा हु गर्दै कराउने, जीउ तङ्ग्राउने र बेहोस हुने गरेका छन् । उनीहरुलाई उठाएर सर्प भएको कोठामा राखी दिँदा केही छिनमा पहिलेको अवस्थामा फर्किने गर्दछन् । मानिसले त्यहाँ मन्दिर बनाउन जुटेका छन् । २४ घन्टा सवारीसाधन गुड्ने राजमार्गमा हेर्नेको ठूलै भीड लाग्ने गरेको छ । करिव एक महिना पहिले सो सर्प महोत्तरीको लक्ष्मीनियाँमा पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको अग्नी बसमा पसेको थियो । बीच सडकमा सर्प रहेको देखेपछि सवारी चालकले रोकेपछि सर्प बसको स्टेरिङमा गएर बेरिएर बसेको सर्पलाई लठ्ठीले घोचीघोची बसबाट तल झारिएको थियो । त्यस्तै, सो घटना घटेको १७÷१८ दिनपछि बाटो काट्ने क्रममा बाँके चोकमा स्थानीय युवा सवार मोटरसाइकलले ठक्कर दिएको थियो । त्यस युवकले बोरामा हालेर सर्पलाई जङ्गलमा छाड्दा सर्प वनरक्षक बस्ने कोठामा गएर बसेको स्थानीयले बताउँछन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv