Latest Updates :

रुसी राष्ट्रपतिको कार दुर्घटनाग्रस्त, चालकको मृत्यु...


SHARE THIS POST :

मस्को, भदौ २२ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिको कार दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा राष्ट्रपति पुटिनका चालकको मृत्यु भएको रुसी अधिकारीहरुले जनाएका छन् ।

राष्ट्रपति पुटिनको बीएमडब्ल्यू कार दुर्घटना भएको हो । मस्कोको व्यस्त सडकमा सो कार विपरीत दिशाबाट आइरहेको अर्को कारसँग ठोक्किएको हो ।

दुर्घटनाको समय राष्ट्रपति पुटिन भने सो कारमा नरहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार पुटिनको निकै प्रिय चालकले उक्त कार गुडाएका थिए । उक्त कार रुसी परिषदको माथिल्लो सदनमा पञ्जीकृत भएको बताइएको छ ।



पुटिनको कारसँग ठोक्किएको मर्सिडिज कारका चालक भने गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

प्रहरीले दुर्घटनाबारे छानविन भइरहेको भन्दै थप विवरण सार्वजनिक गरेको छैन ।

दुर्घटनामा मृत्यु भएका चालकको परिचय खुलाइएको छैन । यद्यपी उनी चार दशकदेखि सरकारी चालकका रुपमा सेवामा रहेको जनाइएको छ । (एजेन्सी)

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv