Latest Updates :

आखिर नायिकालाई बोकेर कलेज किन पुगे दीपकराज ?....


SHARE THIS POST :
कलेज छाडेको लामो समयपछि हाँस्य कलाकार दीपकराज गिरी नायिका प्रियंका कार्कीलाई बोकेर सोमबार कलेज पुगे । उनले आजबाट फेरि कलेज जान थालियो भन्दै स्टाटस कोरे ।

आखिर, दीपक र पि्रयंकालाई किन कलेज जान आवश्यक पर्‍यो होला ? दीपक अहिले आफ्नो नयाँ चलचित्र ‘छक्का पन्जा’को प्रचारमा दौडधुप गरिरहेका छन् ।
दौडधुपका क्रममा उनले कलेज क्याम्पिएनलाई अगाडि बढाएका हुन् ।

कलेजका विद्यार्थी नै चलचित्रका मुख्य दर्शक भएकाले चलचित्रकर्मीहरु प्रचारका लागि कलेजलाई राम्रो थलो मान्छन् । चलचित्रकी निर्देशक दीपाश्री निरौला कलाकार जितु नेपालसँगै मोफसल यात्रामा दौडदा दीपक भने प्रियंकाको साथमा कलेज पुगेका हुन् । अहिले यसको निर्माणपक्ष सडकदेखि कलेजसम्मको प्रचारमा व्यस्त छ ।

भदौ २४ गते रिलिज हुने यो चलचित्रमा दीपकराज गिरी, जितु नेपाल, शिवहरी पौडेल, वुद्धी तामाङ, केदार घिमिरे, प्रियंका कार्की, नम्रता सापकोटा, बर्षा राउत मुख्य भूमिकामा छन् ।अनलाइनखबर

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv