Latest Updates :

नेपालमा पनि जिका भाइरसको खतरा !....


SHARE THIS POST :

काठमाडौं, भदौ २१ । विशेषज्ञहरुले जिका संक्रमण कुनै पनि समय देखिन सक्ने चेतावनी दिदैं तत्काल मुलुक सुहाउँदो रणनीति बनाउन सरकारलाई आग्रह गरेका छन् ।

सानो टाउको भएका बालबालिका जन्मन थालेपछि मात्र यो संक्रमण भित्रिएको थाहा पाउने स्थिति आउनुभन्दा पहिले नै बचाउको रणनीति बनाउन जोड दिएका हुन् ।

नेपालीहरु कार्यरत मलेसिया तथा सिंगापुरमा जिकाको संक्रमण देखिएपछि विज्ञहरु चिन्तित भएका हुन् ।

सिंगापुरमा २१ चिनियाँ, १३ भारतीय तथा ६ बंगलादेशीसहित १ सय १५ जनामा यो संक्रमण देखिएको छ ।

सिंगापुरबाट मलेसिया फर्किएकी एक महिलामा समेत यो संक्रमण देखिएको छ ।

मुलुकमा डेंगु र चिकनपुनियाको संक्रमण फैलाउने एडिस जातको लामखुट्टे नै जिका संक्रमणका लागि जिम्मेवार मानिन्छ ।

‘हामी जिका संक्रमणको अत्यन्त ठूलो जोखिममा छौं, मैले वर्षेनि डेंगु लागेर उपचारका लागि मलेसियाबाट आउने नेपाली कामदारको उपचार गर्दै आएको छु,’ शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुन भन्छन्, ‘त्यहाँबाट जिका संक्रमित एकजना यहाँ आए र तिनलाई स्थानीय एडिस एजिप्टी जातको लामखुट्टेले टोक्यो भने एक–दुई हुँदै मुलुकमा नै यो संक्रमण फैलन सक्छ ।’ –कान्तिपुर दैनिकबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv