Latest Updates :

सुन किन्ने सोचाइमा हुनुहुन्छ, आज हिजोभन्दा एकै दिन ६ सयले महंगिएको छ सुन, तोलाको ५९ हजार माथि


SHARE THIS POST :

काठमाडौ, २२ भदौं । नेपाली बजारमा बुधबार एकै दिन सुनको भाउ प्रतितोला ६ सय रुपैयाँ महंगिएको छ । अघिल्लो दिन तोलामा एक सय रुपैयाँ घटेको सुन आज ह्वात्तै बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५९ हजार एक सय, तेजावी सुन ५८ हजार ८ सय ५० र चाँदी तोलाको ८ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ । तीजको मौसम सकिएपनि सुन भने आकासिएको हो । गत महिना अन्तिसातावाट केही घटेको सुनको भाउ पुन उकालो लागेको छ ।


मंगलबार भने सुनको भाउ तोलामा एक सय रुपैयाँ कम भएको थियो । सोमबार स्थिर रहेको भाउ मंगलबार घटेपनि आज भने बढेको महासंघले जनाएको छ । मंगलबार छापावाल सुन तोलाको ५८ हजार ५ सय, तेजावी ५८ हजार २ सय ५० र असली चाँदी ८ सय ७५ रुपैयाँमा कारोवार भएको थियो ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv