Latest Updates :

प्रेमिकाले यौन प्रस्ताव अस्वीकार गर्दा आफ्नै साथि लगाएर बलात्कार


SHARE THIS POST :


कोहलपुर। प्रेमिकासँग लामो समयदेखि यौन प्रस्ताव राख्दा अस्वीकार गरेको निहूँमा एक युवाले रिस साट्न आफ्नो साथी लगाएर प्रेमिकाको बलात्कार गराएका छन्। बाँके कम्दीका मनीराम कुमाईले दुई वर्षदेखि प्रेम गर्दै आएका कोहलपुरकी २० वर्षीया प्रेमिकाले यौन सम्बन्ध राख्न प्रस्ताव अस्वीर गरेको भन्दै साथी कुशल रानाबाट भदौ ७ गते राती जंगलमा जर्बजस्तीकरणी गराएको खुलेको हो। प्रेमिकाको बलात्कारपछि फरार दुवै अभियुक्तलाई कोहलपुर प्रहरीले पक्राउ गरेपछि यौन प्रस्ताव अस्वीकार गरेको बदलामा साथीबाट बलात्कार गराएको रहस्य खुलेको हो।गत भदौ ७ गते मंगलबार राती १२ बजे साथीको जन्मदिन मनाएर फर्कंदै गर्दा कोहलपुर वनखेतस्थित जंगलमा ती युवती सामूहिक बलात्कारमा परेकी थिइन्।

 प्रेमिकालाई बलात्कार गराई फरार रहेका प्रेमी कुमाई र अभियुक्त राना चार दिनपछि भदौ १२ गते पक्राउ परेका थिए। ‘दुबै पक्राउ परेपछि अनुसन्धानका क्रममा प्रेमिकाले यौन सम्पर्क प्रस्ताव स्वीकार नगर्दा साथीको सहयोगमा जर्बजस्ती बलात्कार गर्न लगाएको पाइयो,’ कोहलपुर डिएसपी सुरेशप्रसाद काफ्लेले बताए। ‘युवती जन्मदिन मनाएर फर्कंदाबीच बाटो जंगलमा कुमाईले जबर्जस्ती सुमसुमाउने र संम्वेदनशील अंगमा हातपात गरेको युवतीले बयान दिएकी छिन्,’ उनले भने, ‘त्यो दिन पनि करकाप र बलजफ्ती गर्दासम्म यौन प्रस्ताव अस्वीकार गरेको निहूँमा बलात्कार गराइएको रहेछ।’ प्रेमिकाले विवाहपछि मात्र यौन प्रस्ताव स्वीकार गर्ने बताएपछि बदला लिन आफ्नै साथी लगाएर बीच जंगलमा बलात्कार भएको डिएसपी काफ्लेले बताए। बलात्कार गर्ने राना र प्रेमी कुमाईलाई पक्राउ गरी प्रहरीले जर्बजस्तीकरणी मुद्दा चलाई जिल्ला अदालतमा म्याद थपसमेत गरेको छ। युवा पक्राउ परेपछि युवतीलाई ५ लाख रुपैँया दिएर मुद्दा मिलाउने प्रयाससमेत भएको बुझिएको छ। युवाहरु पक्राउपछि स्वम् युवती मुद्दा फिर्ता लिन आएकी थिइन्। युवतीलाई समेत उल्टै कारवाही गर्ने बताएपछि प्रहरीले युवालाई मुद्दा चलाई अनुसन्धान अगाडी बढाएको छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv