Latest Updates :

एउटा राजाको ६० श्रीमती, खाना म्यानमारमा, सुत्‍न भने भारतमा !


SHARE THIS POST :

एजेन्सी, १ असोज। अहिलेको समयमा एउटा राजाको ६० श्रीमती। यदि तपाईले सुन्नुभयो भने तपाईलाई यो त सुनेरै छक्क लाग्छ। तर वास्तविकता यही हो । भारत-म्यानमार सीमा क्षेत्रमा कोन्याक जनजातिको मानिसहरु बस्दै आएका छन्।

यो जातिका राजाका नाम अंग नगोवाङग हो। यो राजाको नियममा रहेर त्यहाँ रहेको कुल ७५ गाउँका मानिसहरु आउनेजाने गर्दछन्। उनीहरु उसैको घरको बाटो भएर भारतको सीमामा आउने जाने गर्दछन्।

यहाँ राजा खाना खान म्यानमार खाने गर्दछन्। तर सुत्‍नका लागि भने उनी भारत आउने गर्दछन्। त्यो पनि बिना फ्लाइट।यो क्षेत्र भने भारतको नागाल्याण्डस्थित लोगवा गाउँ नजिकै रहेको छ।

यहाँ तथा यो गाउँको आधा भारतको हिस्सामा पर्ने पर्छ भने आधा म्यानमारमा। यहाँको मानिस बिना कुनै भिसा आवतजावत गर्ने गर्दछन्।

यही प्रकार राजाको परिवार खाना भने खाने म्यानमारको भूभागमा खाने गर्दछन भने सुत्‍नको लागि भने भारतको सीमामा आउने गर्दछन्। राजाको परिवार पनि ठूलो रहेको छ। उनको ६०औ वटा श्रीमती रहेका छन् भने छोरा म्यानमारको आर्मीमा कार्यरत छन्।

भारत-म्यानमारको सीमामा भएकाले यहाँका मानिसहरुले भाग्यले दुवै देशको नागरिकता पाएका छन्। उनीहरुलाई म्यानमार जान भने न भिसाको आवश्यकता हुन्छ भने म्यानमारमा जान पार्सपोर्टको। उनीहरु स्वतन्त्र रुपलेभारत र म्यानमारमा आउने जाने गर्दछन्।

यो जातिका मानिसहरुलाई हेड हन्टर्सको नामले पनि चिनिने गरिन्छ। पहिले यी जातीले मानिसलाई मारेर उनीहरुको टाउको लैजाने गर्दथे। तर सन् १९६० को दशकपछि उनीहरुले हेड हन्टिङको काम गर्न छाडिदिए। तर उनीहरुको घरमा मानिसको खप्पर भने सजाएर राखेको देख्न सकिन्छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv