Latest Updates :

जस्लाई मैले मन पराउथे, त्यो नै अर्कैको भएपछि भिडियो सहित - See more at:


SHARE THIS POST :
न्यूजअभियान | प्रकाशित मिति : २०७३ असोज १ शनिबार


कुमार अविरल पन्थी , बसन्त फिल्मस् प्रा।लि।को प्रस्तुतिमा बसन पोख्रेल र निकिता पोख्रेलको आधुनिक गीति एल्वम “सायद २” सार्वजनिक भएको छ । “सायद २” एल्वममा समावेस गरिएको “जस्लाई मैले” बोलको गीत युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

पछिल्लो समय नेपाली गित सङ्गीतमा माया प्रेम, मिलन, बिछोडका विषय वस्तुलाई विशेष प्राथमिकतामा राखेर गितहरु तयार हुने क्रम बढिरहेको छ । अझ भन्नुपर्दा नेपाली बजारमा एल्वम त बिक्नै छोडे भिडियो नबनाए सम्म गित मिडियामा बज्दैनन । यतिबेला केवल युट्युवको भरमा कलाकारहरुले आफ्नो दैनिकी गुजारी रहेका छन ।

नेपाली सङ्गीत बजार ओरालो लागेतापनि कलाकारहरुले आफ्ना दर्शक श्रोताहरुको रोजाई एवम माग अनुसारका गितहरु बजारमा  पस्किने  क्रम भने तीव्र गतिमा चलिरहेको छ ।

भर्खरै मात्र सार्वजनिक गरिएको “जस्लाई मैले” बोलको गीतमा नेपाली सुगम संगीतका बहुचर्चित गायक शिव परियारले स्वर दिएका छन  । उक्त गीतमा टुरिष्ट जंग वि।क।को शब्द तथा भद्र वलीको संगीत रहेको छ ।

गीतमा आफुले मन पराएको मान्छे अर्कैको भएको कथा वस्तुलाई लिएर तयार गरिएको गीतका रचनाकार टुरिष्ट जंग वि।क। बताउछन । विक थप्छन मैले यस गीतको शब्द बनाउदा निकै मेहनत गरेर तयार पारेको छु, यहासम्म कि आफुले नै मायामा धोका खाए जस्तो अनुभव भैरहेको छ । तर यो वास्तविकता नभई केवल गीत र भावनामा मात्र रहेको कुरा साझा नेटवर्कलाई बताए ।

उक्त गीतको भिडियोलाई क्रान्ति के।सी।ले निर्देशन तथा सम्पादन गरेका हुन । तेस्तै गीतको भिडियोमा पछिल्लो समय अभिनयमा व्यस्त तथा चर्चित बन्दै गईरहेका मोडल बिक्रम बुढाथोकी, कृष्टिना थापा र सञ्जय पौडेलले अभिनय गरेका छन । गीतलाई बसन्त फिल्मस् प्रालिले बजारमा उपलब्ध गराएको हो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv