Latest Updates :

आमाबुबाले ‘अलछिना’ भनेर छाडेका यी बालक, जसको जीवनकथाले संसारलाई स्तब्ध पारिदियो भिड़ीयो हेर्न फोटोमा किलिक गर्नुस


SHARE THIS POST :

यी बालकको लागि एक थोपा पानी र कर्ममार्फत यी ममतामयी महिलाले देखाएको महानताको तस्वीर केही समयदेखि सामाजिक सञ्जालमा भाइरल बन्दै आइरहेको छ । दयालाग्दो र तिर्खाएको स्थितिमा संसारलाई रुवाउने यी बालक अफ्रिकी मुलुक नाइजेरियाका हुन् । गरिबी र द्धन्द्धमा पिल्सिएको मुलुक नाइजेरियामा रहेका यी बालकका आमाबाबुले गरिबीकै कारण हुनसक्छ, उनलाई हेला गरेर सडकमा छाडिदिए । bbबालकका बाबुआमाले उसलाई परिवारको ‘अलछिना र भुताहा’ भनेर उसलाई हेरबिचार गर्न छाडिदिएपछि उनको सडकमा यो हबिगत भयो । कहिलेकाही सडकमा फालेका अस्वस्थकर खानेकुराले पेट भर्दै सडक पेटीमा कुकुर सरहको जीवन जिइरहेका यिनलाई न त सर्वव्यापी ज्ञान थियो, न त जीवन कसरी जिउने भन्ने परिकल्पना नै थियो । सौभाग्यवस, यी बालकको अगाडि एकजना विदेशी महिला देवी बनेर देखा परिन् । उनले पहिलोपटक सडकमा बालकलाई भेट्ने वितिक्कै पानी पिलाइरहेको दृष्य हामी तस्वीरमा देख्न सक्छौ । उनले ती बालकलाई सडकबाट टिपिन् र आफुले हेरचाह गर्न थालिन् । सडकमा बडो दयनीय अवस्थामा भेटेर करिब दुई महिना पालनपोषन गरेपछि बालकको शारीरिक संरचनामा पूरै परिवर्तन आएको छ । दुई महिनाअघिको तस्वीर र पछिको तस्वीरलाई पत्याउन गाह्रो पर्छ तर विश्व प्रसिद्ध सञ्चारमाध्याम डेल्ली मेलले यो तथ्यलाई बाहिर ल्याइदिएको छ ।सडक पेटीमा रोएर बसेका यस्ता बालकहरु धेरै छन्, तर तिनको उद्धारमा चासो दिने व्यक्ति र सम्बन्धित संघ–संस्थाहरुले प्रभावकारी ढंगले काम नगर्दा मानवजातिको उज्जल भविश्यको रुपमा रहेका बालबालिकाहरुको यो हविगत देख्नुपरिरहेको छ । असाहय दुःख भोगेर जीवन बिताइरहेका ती बालकका अगाडि देवदूतको रुपमा देखा परेकी ती महिलाको बारेमा स्पष्ट पहिचान बाहिर आइनसके पनि यो कारुणिक यथार्थताको तस्वीर र कर्मले संसारका मिडियाहरुको ध्यान तानिरहेको छ । श्रोत – काठमाण्डु टुडेबाट

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv