Latest Updates :

पृथ्वी भित्रको उर्जा सकिए के होला? पृथ्वी भित्रको परमाणु उर्जा सन् २०२५ सम्म मापन हुने


SHARE THIS POST :


एजेन्सी। पृथ्वी भित्र रहेको परमाणु उर्जा र रेडियोएक्टिभ उर्जा सन् २०२५ सम्म मापन हुने वैज्ञानिहरुले बताएका छन्। टेक्टोनिक प्लेट सार्न (जसको कारण भूकम्प आउँछ), ज्वालामुखी र चुम्बकिय शक्तिको लागि पृथ्वीलाई उर्जाको आवश्यकता पर्दछ। पृथ्वीले दुई तरिकाले उर्जा संकलन गर्छ। पृथ्वीको सतहमा हुने गतिविधि र पृथ्वी भित्र ‘रेडियोएक्टिभ डिके’ को क्रममा निस्कने परमाणु र ताप शक्ति पृथ्वीको उर्जाको स्रोत हो।

पृथ्वी भित्र अब कति उर्जा बाँकी छ, वैज्ञानिकहरुले धेरै विधि प्रयोग गरि अनुमान गर्ने गरेका छन्। यी अनुमानहरु एक आपसमा निकै भिन्न रहदै आएका छन्। अहिलेसम्म पृथ्वीको केन्द्रमा कति उर्जा छ थाहा हुन सकेको छैन। अनुसन्धानकर्ताहरुले पृथ्वी भित्रको उर्जाको मात्रा पत्ता लगाउन निकै सानो सबएटोमिक कण ‘जियोन्युट्रिअन्स’ मापन गर्नेछन्।

तारा (जस्तै सूर्य), सुपरनोभा, ब्ल्याक होल अनि मानव निर्मित न्युक्लिअर रिएक्टरमा न्युक्लिअर रिएक्सन हुँदा बाइप्रडक्टको रुपमा जियोन्युट्रिअन्स पैदा हुन्छन्। पृथ्वी भित्र भइरहेको रेडियोएक्टिभ डिकेको क्रममा पनि यहि नतिजा निस्कन्छ, पृथ्वी भित्री पनि पैदा हुने यहि जियोन्युट्रिअन्स वैज्ञानिकहरुले गणना गरि पृथ्वी भित्रको उर्जाबारे पत्ता लगाउन सक्छन्।
जियोन्युट्रिअन्स डिटेक्ट गर्न एउटा अफिस जत्रो डिटेक्टरको आवश्यकता पर्छ, त्यो पनि २-३ किमोमिटर तल जमिन भित्र राख्नु पर्दछ ताकी अन्तरिक्षबाट आउने विभिन्न विकिरणको कारण गलत नतिजा ननिस्कियोस्।

डिटेक्टरमा हाइड्रोजन परमाणुसंग ठक्कर दिएर जियोन्युट्रिअन्स हो होइन पत्ता लगाइन्छ। जियोन्युट्रिन्स हाइड्रोजन परमाणुसंग ठोक्किदा दुई प्रकारको प्रकाश पैदा हुन्छ। यसरी निस्कने प्रकाशको मात्रा ले पृथ्वी भित्र भएको युरेनियम र थोरिएम वैज्ञानिकहरुले हिसाब गर्न सक्नेछन्।

जियोन्युट्रिन्स डिटेक्ट गर्ने कार्य भने निकै लामो र झन्झटिलो छ। जापानको KamLAND र इटालीको Borexino डिटेक्टरले जमिन मुनी रहेर वार्षिक १६ घटना रेकर्ड गर्दैछन्।

सन् २०२२ सम्म अन्य तीन डिटेक्ट पनि सञ्चालन हुने भएका छन्। जापान, क्यानडा र चीनमा थपिने यी डिटेक्टरले वार्षिक ५२० घटना थप रेकर्ड गरि वैज्ञानिकलाई पृथ्वीको भित्री भागमा रहेको परमाणु उर्जाबारे हिसाब निकाल्न मद्धत गर्नेछ।

के हुन्छ पृथ्वीको केन्द्रको परमाणु उर्जा सकिए?
पृथ्वी भित्रको परमाणु उर्जाकै कारण टेक्टोनीक प्लेट सर्ने गर्छ। जसको कारण भुकम्प आउँछ। साथै यहि उर्जाकै कारण ज्वालामुखी विस्फोट हुन्छ। तर पृथ्वी भित्रको परमाणु लगायतका गतिविधिकै कारण पृथ्वीमा चुम्बकिय गुण पनि विकास भएको छ। पृथ्वीको वरिपरि चुम्बकिय क्षेत्र छ। सूर्य र अन्तरिक्षबाट आउने विकिरणहरु मध्ये ९९ प्रतिशत विकिरण यहि चुम्बकिय क्षेत्रले पृथ्वीमा आउन दिदैन। यो चुम्बकिय क्षेत्र नहुने हो भने पृथ्वीमा जीवन सम्भव हुदैन।

कुनै समय मंगल ग्रहमा पनि जीवन सम्भव थियो तर त्यहाँको चुम्बकिय क्षेत्रमा गडबढ हुँदा सारा जीवन समाप्त भएको अनुमान अहिले पनि वैज्ञानिहरु गर्छन्। मंगल ग्रहमा यसबारे खोज पनि भइरहेको छ। नेपाली हेडलाइनकाे सहयाेगमा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv