Latest Updates :

कोरियामा काम गर्ने २३ युवाले गाउँलाई पठाए एम्बुलेन्स उपहार


SHARE THIS POST :

काभ्रे : वैदेशिक रोजगारीका लागि दक्षिण कोरियामा रहेका काभ्रे कोशीपारि क्षेत्रको कात्तिके देउराली गाविसका २३ युवाले उपहारस्वरुप एम्बुलेन्स प्रदान गरेका छन्।


कात्तिके देउरालीको प्रभा बहुमुखी क्याम्पसमा आयोजित समारोहमा नवप्रगतिशील युवा समाजका अध्यक्ष दीपकप्रसाद चौंलागाई तथा जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका चिकित्सक विशेषज्ञ नेत्रप्रसाद न्यौपानेले एम्बुलेन्स सञ्चालक समितिलाई एम्बुलेन्स हस्तान्तरण गरे।

कोसीपारि क्षेत्रमा रहेको एम्बुलेन्स अभावको अवस्था अब नरहने भन्दै  समाजका अध्यक्ष चौलागाईंले भने, ‘हामीले कात्तिके देउराली गाविसका अलवा पोखरीचौरी, मादनकुडारी, गोठपानी चिसापानी, धुसेनी, विर्तादेउरालीका जनतालाई समेत सेवा प्रवाह गर्ने गरी एम्बुलेन्स सञ्चालन गर्ने निधो गरेका छौं।’


हरेक महिना प्राप्त पारिश्रामिकबाट केही रकम छुट्टयाएर एम्बुलेन्सका लागि रकम जुटाइएको कात्तिके देउराली समाज दक्षिण कोरियाका अध्यक्ष किशोर गिरीले जानकारी दिएका छन्।


कोरियाबाट घर बिदामा आएका समाजका महासचिव केदार काफ्ले र सल्लाहकार नारायण गौतम लगायत कोरियामा कार्यरत सदस्यका अभिभावकलाई प्रमाणपत्र र दोसल्ला ओडाई सम्मान गरिएको थियो।
नवप्रगतिशील युवा समाज मातहत सञ्चालन गरिने एम्बुलेन्सका घटुजराज गिरीको संयोजकत्वमा कात्तिके देउरालीका स्थानीय समाजसेवी तथा अग्रज व्यक्तित्वहरुको संलग्नतामा एक समिति गठन सुमन गिरीले बताए।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv