Latest Updates :

प्रधानमन्त्री प्रचण्ड पत्नीका कारण नयाँ दिल्लीमा ठुलो बेईजत ! प्रचण्ड पत्नी किन उभियो मोदी सँगै ?????


SHARE THIS POST :

प्रधानमन्त्री पुष्पकमल दाहालले श्रमती सीता दाहाललाई ठिक अवस्थामा राख्न नसक्दा भारतको नयाँ दिल्लीमा नेपालको बेईजत भएको छ । राष्ट्र प्रमुख र सरकार प्रमुको औपचारिक तथा राजकिय भ्रमणमा उनिहरुले आफ्नो सवैभन्दा नजिकको नातेदारलाई साथमै लिन पाउने परम्परा भएपनि प्रधानमन्त्री दाहालले श्रीमती सीतालाई उच्चस्तरीय भेटवार्तामा समेत संगै राखेपछी परराष्ट्रका अधिकारीहरुले नाक खुम्च्याएका छन् ।
शुक्रबार भारतीय राष्ट्रपति भवनमा आयोजित ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रममा प्रधानमन्त्री दाहालले समकक्षी नरेन्द्र मोदीसंग हात मिलाउदा श्रीमती सीताले देखाएको अस्वभाविक व्यवहार मर्यादा भन्दा बाहिरको रहेको प्रत्यक्षदर्शी एक परराष्ट्रका अधिकारीले बताए । परराष्ट्रका शीष्टाचार महापालले भ्रमण दलका अन्य सदस्यहरुलाई शीष्टताका विषयमा जानकारी गराएपनि प्रधानमन्त्री पत्नी सीतालाई भने भन्ने आँटसम्म पनि गरेका छैनन् । ती अधिकारीले भने ‘उहाँ प्रधानमन्त्रीको पछि पछी मात्र लागिरहनुहुन्छ, कसरी भन्ने विशिष्ट किसिमका भेटमा यस्तो गर्नु हुन्न भनेर ?’ भारतीय प्रधानमन्त्रीसंग प्रधानमन्त्री दाहाले हात मिलाईरहँदा सीता दाहाल भने निन्यारो अनुहार लगाएर टाढा ती हेरिरहेको जस्तो देखिन्छ ।

प्रधानमन्त्री पत्नीको स्थानमा परराष्ट्रका अधिकारीलाई स्थान दिईएको भए सो भेट मर्यादित देखिने एक कुटनितिज्ञ बताउँछन् । प्रधानमन्त्रीको भारत भ्रमण राजकिय भएकोले सीता दाहाललाई कुटनितिक मर्यादाका विषयमा अवगत नगराए अरु भेटहरुमा पनि यस्तै व्यवहार प्रर्दशन हुन सक्ने अधिकारीहरु बताउँछन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv