Latest Updates :

बहुचर्चित टिकापुर र मधेस घटनाका ३ सय ७४ जना दोषीको मुद्ध दशैँ अगाडी फिर्ता लिने !


SHARE THIS POST :


उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द« निधिले सरकारले टीकापुर र मधेस आन्दोलनमा मुद्दा चलाइएका ३ सय ७४ जनाको मुद्दा दशैं अघि फिर्ता लिने खुलासा गर्नुभएको छ ।

कार्यवाहक प्रधानमन्त्रीसमेत रहनु भएका निधिले एक वर्षअघि टीकापुर घटनाको साथै तराईका विभिन्न स्थानमा भएका आन्दोलनका आन्दोलनकारीहरुलाई लगाएको १ सय ६० किसिमका मुद्दा दशैं अघिसम्म फिर्ता लिने बताउनुभयो ।

गृह मन्त्रालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री निधिले आन्दोलनरत दलहरुसँग यस विषयमा सहमति भइसकेको बताउँदै सरकार र आन्दोलनरत मधेसी मोर्चासँग मुद्दा फिर्ता लिने विषयमा सहमति भइसकेको उल्लेख गर्नुभयो । उहाँले मुद्दा फिर्ता लिने विषयमा आन्दोलनकारी पक्ष, महान्यायाधीवक्ता, कानुन मन्त्रालयलगायतसँग छलफल भइरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा मन्त्री निधिले आन्दोलनमा मारिएका ५२ जनालाई शहीद घोषणा गरिएको र उनीहरुका परिवारलाई प्रतिपरिवार १० लाखको दरले मन्त्रालयले ५ करोड २० लाख रुपैयाँ वितरण गरिसकेको बताउनुभयो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv