Latest Updates :

प्रहरी ज्यादतीको यो हद: नियम मिच्ने कोमल वली,हिरासतमा कोचिने डा. जोशी


SHARE THIS POST :
प्रकाशित मिति: बुधवार, आश्विन १२, २०७३ समय - ११:४१:००



असोज १२ कहिले गोजीमा गाँठ भएको झ्वाक तन्नेरी खोजेर त कहिले पोइल जान पाम गीत गाएर चर्चा कम र बढी विवादमा तानिएकी गायिका कोमल ओलीको पछिल्लो हर्कतका कारण उनी पुनः विवादमा तानिएकीछिन ।
आफूलाई सेलिव्रेटी हुँ भन्दै नियम कानुन लत्याउन खोजेपछि अस्ति पुल्चोकका कोमल वली र एक जना नाम चलेका डाक्टर बीच चर्काचर्की परेको खबर छ ।
ललितपुर पुल्चोकस्थित साझा पेट्रोल पम्प दिउँसो करिब २ घन्टा तनावग्रस्त भएको हो । तनाव गर्न कस्सएकी थिइन् उनै गायीका तथा समाचार वाचिका कोमल ओली । आफ्नो कारमा पेट्रोल भर्न पुल्चोक पुगेकी गायिका कोमल वलीले पेट्रोल भर्ने क्रममा लाइन मिचेर अगाडि गएपछि झगडा भएको थियो ।

चाकुपाटका डा. अमितमान जोशीले लाइन आफ्नो लाईन मिचिएपछि प्रतिकार गरेका थिए । सो क्रममा उनीहरूबीच लामो समयसम्म झगडा नै भएको थियो । आफ्नो लाइन मिचिएपछि जोशीले कारको साँचोले वलीको कार कोरिदिएका थिए । कारको ढोका कोरिएपछि वलीले झगडा गरेकी थिइन् ।

दिउँसो करिब १२ः३० बजे पेट्रोल भर्न पुगेकी गायिका वलीले लाइन मिचेर अगाडि गएपछि उनी भन्दा लाइनमा बसेका जोशीले आफूलाइ अन्याय भएको बताएका थिए तर, वलीले लाइन मिचेर गएपछि उनले प्रतिकार गर्नु परेको थियो ।

झगडा साम्य नभएपछि ललितपुर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले जोशीलाई दुइ घन्टासम्म हिरासतमा राखेको थियो ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv