Latest Updates :

क्यानेडियन नागरिक जसलाई नेपालले देश निकाला गर्‍यो ! 'फ्रिडम अफ स्पीच' माथिको हमला


SHARE THIS POST :

काठमाडौं । सामान्यतया अमेरिका, क्यानडा, तथा अन्य विकसित मुलुकहरूबाट नेपालीहरूलाई आफ्नो देश फिर्ता पठाएको खबर अखबारमा प्रकाशित हुन्छ। तर केही महिना अघि एक क्यानेडियन नागरिकलाई नेपाल सरकारले देश निकाला गरेको खबर संसारभरि छायो । क्यानाडाको ब्रिटिस कोलम्बिया प्रान्तमा स्थायी बसोबास गर्ने तर नेपालमा एक 'आईटी' कम्पनीमा कार्यरत रोबर्ट पेंनरलाई नेपाल सरकारले 'मुलुकको एकतामा खलल' पर्ने सन्देश सहितका ट्वीट गरेको अभियोगमा गत मे महिनाको पहिलो साता देश निकाला गरेको थियो ।
रोबर्ट, नेपालबाट निकालिएको खबर संसारका धेरै ठूला समाचार संस्थानहरुले बडो महत्त्व दिएर प्रकाशित गरेका थिए । त्यो महत्वको कारण थियो त केवल रोबेर्टलाई देश निकाला गरिनुको मुख्य विषय । नेपालबाट निकालिए पछि आफ्नो मुलुक फर्केका रोबर्टसँग उनले धेरै गुनासाहरु पोखे । नाम उल्लेख नगर्ने शर्तमा विभागका एक अधिकारीले भने, ‘पेनरले नेपालको संविधान र आन्तरिक राजनीतिमा अनावश्यक चासो राख्ने र ‘समस्या श्रृजना’ गर्ने देखिएकाले उनलाई देश छाड्न आदेश दिइएको हो ।

मात्र 'ट्वीट' गरेका कारणले उनलाई निकाला गरिएको विषय विकसित मुलुकका समाचार संस्थानलाई 'फ्रिडम अफ स्पीच' माथिको हमला लाग्यो, र यो विषयले महत्त्व पायो । नेपाल प्रहरीले आफूलाई कसरी एक अपराधी झैँ समातेर नियन्त्रणमा लिएकोदेखि अध्यागमन हिरासतमा रहँदा उनीमाथि भएको व्यवहारका बारेमा रोबर्टसँग लामो सूची छ । मे महिनाको दुई तारिख भैंसेपाटीस्थित आफ्नो कार्यालयमा रहेका रोबर्टलाई बिना 'वारेन्ट' प्रहरीले प्रक्राउ गर्नुको मौखिक कारण समेत नभनेर लगेको उनी हिजो झैँ सम्झिन्छन् । २६ घण्टासम्म नेपाली अध्यागमनको कैदी भएर बसेको पीडा रआक्रोस रोबर्टको मनमा आज पनि ताजा छ- तर विगत चार वर्षसम्म नेपालीहरूले उनी प्रति देखाएको माया र सद्भाव उनलेजिन्दगी भरि बिर्सने छैनन् ।

रोबर्ट भन्छन्, ‘नेपाली जनताबाट मैले सधैँ स्वागत रमित्रवत आत्मियता पाएँ। नेपालका सहर वा गाउँ, पूर्व वा पश्चिम- जता गए पनि नेपाली घरहरुबाट मैले पाएको सत्कारसधैँ महत्त्वपूर्ण छ।’ नेपाली भाषामा पनि राम्रै दखल राख्ने यी विदेशी आफ्ना नेपाली साथीहरूबाट जिन्दगी जिउने कलासमेत सिकेको स्वीकार्छन्। नेपाली भाषा, संस्कृति र नेपाली रहनसहनका बारेमा रोबर्टको जानकारी राम्रै छ। सायद त्यही भएर होला - उनी नेपालको राजनीतिक घटनाक्रम प्रति पनि रुचि राख्छन् र बेला बेलामा सामाजिक सञ्जाल मार्फत आफ्नो विचार पोख्छन् । रोबर्टलाई देश निकाला गरिनुको एक मात्र बताइएको कारण उनले ट्वीटरमा लेखेका केही 'स्ट्याटस' हरू नै हुन् ।

मधेस आन्दोलनका क्रममा होस् या नेपालको संविधानका विषयमा होस् - रोबर्टले खुलेरै आफ्नो विचार सार्वजनिक गरेका छन् । नेपालमा मात्र 'वर्किंङ भिसा' मा रहेका विदेशी नागरिकले नेपालको आन्तरिक विषय बस्तुमा आफ्नो बिचार दिन नपाउने अध्यागमनको जिकिर छ । र त्यही आधारमा नै रोबर्टलाई देश निकाला गरिएको सरकारी धारणा छ । २६ घण्टासम्म बन्दी बनाइएका रोबर्टलाई स्थानीय प्रहरी प्रशासनले शारीरिक रूपमा भने दुःख नदिएको उनको भनाई छ । ‘बिदेशीहरुलाई दुःख दिन नेपाल प्रहरी अलि सहज हुँदैनन् भन्ने कुरा मलाई पहिले नै थाह थियो, तर मेरो गिरफ्तारीको कारण समेत नखुलाएर बन्दी हुँदा भने राम्रो लागेन’, रोबर्टले सेतोपाटीसँगको संवादमा खुलाए ।

अध्यागमनको देश निकालाको निर्णयले आफ्नो रोजगारी नै सकिएकोमा भने रोबर्टको ठूलो गुनासो छ । नेपाल सरकार विरुद्ध रोबर्टले अधिबक्ता दिपेन्द्र झाको सहयोगमा मुद्दा दायर गरेका छन्- जसको फैसला हुन अझैं बाँकी छ। नेपालको कानुनमा उल्लिखित कुनै पनि नियमको उल्लङ्घन नगरेको रोबर्टको दाबी छ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv