Latest Updates :

ताजा अपडेट - सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल


SHARE THIS POST :


९ असोज सोलुखुम्बु - सोलुखुम्बुको जुभीङमा माउण्टेन एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । हेलिकप्टरमा सवार सबै ६ जना सकुशल रहेका छन् ।
जुभिङ ५ बुक्सामा बिरामी लिएर उड्ने क्रममा जमिन छाडेको केही सेकेण्डमै इन्जिन बन्द भएपछि पाइलट सुरेश थापाले आकस्मीक रुपमा हेलिकप्टरलाई सोही हेलीप्याडमा अवतरण गराएका थिए । अवतरणको क्रममा हेलिकप्टरको अगाडिको भाग जमिनमा ठोक्किएर क्षति पुगेको छ ।

आइतबार बिहान करिब साढे ७ बजे हेलिकप्टर दुर्घटना भएको प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले जानकारी दिए । बिरामी लिन आएको माउण्टेन एयरको नाइन एन अल्फा लिमा क्युबिक कल साइन भएको उक्त हेलिकोप्टर लुक्ला बिमानस्थलबाट बुक्सा आएको थियो । बिरामीसहित ४ जना लिएर पुनः लुक्ला उडेको सो हेलिकप्टर दुर्घटनामा परेको हो ।

दुर्घटना पछि श्री एयरको हेलिकोप्टरले उनीहरु सबैलाई उद्धार गरी लुक्ला पुर्‍याएको छ । जुभिङ ४ बस्ने ३८ बर्षका देवानसिङ राई हात भाँचिएर घाइते भएपछि उपचारका लागि अस्पताल लैजान हेलिकप्टर झिकाइएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv