Latest Updates :

बाल विवाहको बेदना - हृयुमन राइट्स वाचले गरायो नेपाल सरकारको ध्यानाकर्षण


SHARE THIS POST :


२४ भदौ काठमाडौं - मानव अधिकारको क्षेत्रमा सक्रिय अन्तराष्ट्रिय संस्था हृयुमन राइट्स वाचले बालविवाह रोकथामका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
नेपालले सन् २०३० सम्ममा बालविवाह पूर्णरुपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएको सन्दर्भमा सार्बजनिक एक प्रतिवेदनमा बालविवाह रोक्न नेपालमा भइरहेका काम पर्याप्त र प्रभावकारी नभएको निष्कर्ष निकालिएको छ । न्युयोर्कस्थित मुख्यालयमा विहीबार सार्बजनिक प्रतिवेदनअनुसार नेपालमा ३७ प्रतिशत बालविवाह भइरहेको छ । ‘नाच्ने गाउने बेलाः नेपालमा बालविवाह’ शीर्षकको प्रतिवेदनमा १८ वर्ष नपुग्दै विवाह गर्न बाध्य नेपाली महिलाका वेदनाहरु समेटिएका छन् ।



हृयुमन राइट्स वाचका अनुसार नेपालका १४ जिल्लामा गरिएको अध्ययनबाट यो प्रतिवेदन तयार पारिएको हो । अध्ययनमा संलग्न इरा श्रेष्ठले नेपालका गाउँहरुमा बालविवाहको अवस्था निकै भयावह भएको बताइन् । ‘बच्चाहरुको पनि बच्चा भएको हामीले देख्यौं,’ श्रेष्ठले भनिन् ।
१८ वर्ष उमेर नपुग्दै विहे गर्न नेपालमा गैरकानुनी मानिन्छ । तर पनि बालविवाह रोकिएको छैन । चिकित्सकहरुका अनुसार २० वर्ष पूरा भएपछि मात्रै विवाह गर्दा आमा र बच्चा दुबैको स्वास्थ्य राम्रो हुन्छ । अपरिपक्व उमेरमा गर्भधारण गर्दा आमा र बच्चा दुबैको ज्यान जोखिममा पर्दछ । ह्युमन राईट्स वाचकी वरिष्ठ अनुसन्धानकर्ता हेदर बारले भनेकी छन्, ‘यो प्रतिवेदन तयार पार्न अध्ययन गर्दा धेरै नेपाली किशोरीहरु शोकमा थिए किनकी उनीहरुको बच्चाको मृत्यु भएको थियो ।’

१६ वर्षकै उमेरमा मागी विवाह भएको बताउने एक किशोरीले भनेकी छन्, ‘बच्चा पाउने हुँदा मेरो कुरा सुन्ने कोही थिएन ।’ हृयुमन राइट्स वाचका प्रतिनिधिले भेट्दा ति किशोरीका चार वर्षकी छोरी र डेढ वर्षका छोरा थिए । साथै उनको पेटमा ६ महिनाको गर्भ पनि हुर्किरहेको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv