Latest Updates :

निधारमा एउटा मात्र आँखा भएको बच्चा जन्मियो, नाक छैन, मुख नाम मात्रैको


SHARE THIS POST :

इजिप्टमा एउटा अनौठो बच्चा जन्मिएको छ, जसलाई देख्दैमा आङ सिरिंग हुन्छ । उक्त बच्चाको एउटा मात्रै आँखा छ र नाक छैन । आँखा पनि निधारको ठ्याक्कै बीचमा छ । बच्चाको मुख पनि असामान्य छ । अर्थात् सामान्य मानिसको जस्तो होइन की केवल नाम मात्रैको मुख छ ।
कुनै पौराणिक कथाको राक्षस पात्रजस्तो मुखाकृति भएको यो बच्चा साइक्लोपिया नामक रोगबाट ग्रसित भएका कारण यस्तो भएको हो । यो जन्मजात रोगका कारण बच्चाको अनुहारमा केवल एउटा मात्र आँखा हुन्छ ।
बच्चाको भ्रुण आमाको पेटमै रहँदा अत्यधिक विकिरणको सम्पर्कमा आउनाले बच्चामा यस्तो विकृति आउने डाक्टरहरुको भनाइ छ । यस्तो बच्चाको मुटुको आकार पनि सामान्य हुँदैन ।
दुखको कुरा के भने यो बच्चा धेरै दिनसम्म बाँच्ने छैन । यो रोग लागेका बच्चा

हरु जन्मेको केही दिनमै मर्ने गर्छन् । डाक्टरहरुका अनुसार इजिप्टको एक निजि अस्पतालमा यो बच्चा जन्मिएको हो र यसका सरीरका अन्य कतिपय अंगहरु समेत असामान्य छन् ।



SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv