Latest Updates :

सन् २०१८ को अमेरिकी डिभी चिट्ठाका लागि अर्को हप्ताबाट आवेदन दिन सकिने


SHARE THIS POST :
बुद्धबार, असोज १२, २०७३ साल,

काठमाडौंः सपनाको देश भनेर चिनिएको अमेरिका जान चाहनेहरुका लागि प्रत्येक वर्ष अवसरको रुपमा आउने गरेको इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) कार्यक्रम यस वर्ष अर्को साता मंगलबारदेखि सुरु हुने भएको छ ।  सन् २०१८ का लागि खुल्न लागेको यो चिटठा कार्यक्रम आवेदन दिने समय नेपाली समयअनुसार बिहान ९ः४५ बजेबाट सुरु हुनेछ । काठमाडौंस्थित अमेरिकी दूताबासका अनुसार आउँदो कार्तिक २२ गते बिहान १०ः४५ बजेसम्म कायम रहने डिभीको फर्म भर्ने कार्यक्रम आवेदकले कुनै पैसा बुझाउनु पर्दैन ।  तर परामर्श सेवा, सहयोग र आफ्नोबाट भर्दा चट्ठा पर्ने प्रवल संभावना हुने आकर्षण देखाउँदै शहरका चोक चोकमा पसल र अफिस खोल्ने काम विगतमा हुँदै आएको छ । दूतावासले विगतमा पनि यो विशुद्ध चिट्ठा कार्यक्रम भएको र गोलाप्रथाबाट छनोट हुने भएकोले डिभी पर्ने कसैले ग्यारेन्टी गर्न  नसक्ने बताउँदै आएको छ ।  यस वर्ष  पनि अमेरिकी दूतावासले आवेदन भर्न परामर्शदाताको सहयोग नलिन सल्लाह दिएको छ । आवेदन कसरी दिने भन्ने सन्दर्भमा डिभी कार्यक्रमको आधिकारिक वेभसाइटमा नै सबै जानकारी र तरिका उल्लेख गरिएको छ ।  अनलाइनमार्फत दर्ता हुने यस्ता आवेदन दर्ता गर्दा एक जनाले एक पटक मात्रै दर्ता गर्नुपर्नेछ । दोहोर्याएर गरिएको आवेदन रद्द हुने जनाइएको छ । आवेदन दिने पति वा पत्नीले २१ वर्ष नपुगेका आफ्ना सबै सन्तानको विवरण खुलाएर आवेदन दर्ता गर्नुपर्नेछ ।  साथै, आवेदकले यसअघिका वर्षमा प्रयोग गरिएकै एउटै तस्विर प्रयोग गर्ने, आवेदन दर्ता भइसकेपछि प्राप्त हुने कन्फमेशन नम्बरलगायतका विवरण सुरक्षित राख्ने काम गर्नुपर्छ । यससम्वन्धी विस्तृत विवरण इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमको आधिकारिक वेभसाइट  मा गएर हेर्न सकिन्छ ।


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv