आजको राशिफल – मिति वि.सं. २०७३ साल असोज १३ गते बिहिबार तदानुसार इश्वी सन् २०१६ सेप्टेम्बर २९ तारिख -
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
कामधन्दा र प्रयासमा ढिलो गरी सफलता पाउन सकिने छ । घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । डुबेको धन उकास्न दौडधूप गर्नुपर्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अल्छीपन र आलस्य त्यागेर कडा परिश्रम गर्न सकेमा आजको दिन राम्रो हुनेछ । धार्मिक वा सामाजिक काममा खट्नु पर्ने समय आएको छ । बन्धुबान्धव वा दाजुभाइका काममा सहयोग गरिने छ । स्वास्थ्यमा मौसमी प्रभाव पर्नसक्छ, ख्याल राख्नुपर्छ । ठूलाबडा र सम्मानित भनौंदाहरूको आश्वासनको भर पर्नु हुँदैन । यात्राबाट भनेजस्तो सफलता प्राप्त गर्न सकिंदैन ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो÷नराम्रो दुबै खालका परिणाम प्राप्त हुनेछ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका सानातिना फुटकर कामका लागि राम्रो समय छ, तर दूरगामी प्रभावको आर्थिक प्रयोजनका लागि अहिलेको समय सकारात्मक देखिंदैन । दैनिक आम्दानीका मार्गमा बृद्धि हुनेछ, तर मानप्रतिष्ठा र ख्यातिमा आँच आउने सम्भावना छ । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । तथापि आज मन दोधार बनाउनु हुँदैन, राशिमा चन्द्रमा छ, अतः शीघ्र समाप्त हुने काम गरिहाल्नु असल हुनेछ । स्वास्थ्यस्थितिमा असर पुग्ने खानपानमा नियन्त्रण गर्नु राम्रो हुन्छ । परिआएका काममा सहयोग माग्दा पाउन गाह्रो छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । पतिपत्नीबीचको सम्बन्धमा तितोपन देखिने छ । आर्थिक सङ्कटले सताउन सक्छ । बन्दव्यापारमा मन्दी छाउने छ । समय र नियमको अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छन् । रातीअबेर केही अधुरा काम बन्न सक्छन् । स्वास्थ्यमा सुधार आउने छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन फुरुङ्ग हुनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक÷सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मानसम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । गर्नैपर्ने काममा समेत जाँगर चल्ने छैन, यद्यपि बन्दव्यापारमा बेफाइदा हुँदैन । पारिवारिक चाप बढ्नाले काममा बाधा पुग्नसक्छ । नयाँ पेसा र बन्दव्यापारमा लगानी नगर्नु राम्रो हुन्छ । शत्रु र प्रतिस्पर्धीहरूको चलखेल बढ्ने छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खट्नु पर्नेछ । साँझपख शुभ समाचार आउन सक्छ । घरपरिवारबाट टाढा बस्नेहरूमा आज अचानक वैराग्यको भावना पलाउन सक्छ । लगानीका क्रममा जान्नेबुझ्ने र अनुभवीको राय लिनु राम्रो हुन्छ । दार्शनिक विषयवस्तुमा मन केन्द्रित हुनसक्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
झिनामसिना र सानातिना घरायसी कामहरूमा समय व्यतीत हुनेछ । तपाईंका बानीब्यहोरा र आन्तरिक क्रियाकलाप अनुयायीका लागि प्रेरणाको स्रोत बन्न सक्छ । काममा ढिलासुस्ती भए पनि चिताएको परिणाम प्राप्त हुने योग छ । उपलब्धीमूलक र रमणीय यात्राको सम्भावना छ, तर बाटो काट्दा वा गाडी हाँक्दा लापरबाही नगर्नु होला ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
बन्दव्यापार र व्यवसायबाट राम्रै लाभ हुन सके पनि घरायसी मामिला र प्रेमसम्बन्धका दृष्टिले कमजोर दिन छ । मानप्रतिष्ठा र उन्नति÷प्रगतिका लागि दौडधूप गरिने छ । अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले हाँके÷ताकेका काममा सफलता मिल्नेछ । परिवारजनका भावनालाई समेटेर अघि बढ्नु राम्रो हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा नै हुँदैन, तर आफूले तल्लीनतापूर्वक कामको निगरानी गर्नु राम्रो हो । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन् । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ ।
Post a Comment