असोज, काठमाडौं ।
एक बर्ष अघि मधेस आन्दोलनको कैलाली टिकापुर घटनामा ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपाने सहितका परिवारले सरकारले मुद्धा फिर्ता लिन लागेकोप्रति आपत्ति जनाएका छन् । न्यौपानेसँगै ज्यान गुमाएका सात जना प्रहरीका आफन्तले सरकारले मुद्धा फिर्ता लिने तयारीप्रति गम्भीर आपत्ति जनाएका हुन् ।
मधेस आन्दोलनको क्रममा मुद्दा लागेको ५०४ जनाको मुद्धा फिर्ता लिने तयारी गरेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्त्री हुनु अघि कांग्रेस माओवादी र मधेसी मोर्चाबीच तीन बुँदे सहमति भएको थियो । सहमतिमा मधेस आन्दोलनको क्रममा लागेको मुद्धा पनि फिर्ता लिने सहमति भएको थियो । सोही सहमति अनुसार मोर्चाले मुद्धा तत्काल फिर्ता लिने माग गरेको छ भने टिकापुरमा ज्यान गुमाएका प्रहरीका आफन्तहरुले कुनै पनि हालतमा मुद्धा फिर्ता नलिने माग गरेका छन् !

कैलाली घटनाको दोषी भनेर आरोप लागेका रेशम चौधरी र प्रधानमन्त्री प्रचण्डबीच भारतको ताज होटलमा भएको भेटको विषयप्रति पनि आफन्तहरुले दुःख व्यक्त गरका छन् । कैलाली घटनाको मुद्धा फिर्ता लिने तयारी गरेपछि उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच पनि विवाद चुलिएको छ ।
मुद्धा फिर्ता लिने तयारी गरेपनि कैलाली घटनामा ज्यान गुमाएका इनेक्सपेक्टर केशब बोहराकी श्रीमती शारदा घिमिरेले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेकी छिन् । शारदा गौतमले देउवालाई भेटेर के साच्चिकै श्रीमानको हत्या गर्ने व्यक्तिहरु छुटन लागेका हो भन्ने प्रश्न गरेकी छिन् ।
प्रश्नको जवाफमा देउवाले कुनै पनि हालतमा कैलाली टिकापुर घटनामा संलग्न व्यक्तिहरुको मुद्धा फिर्ता नहुने जवाफ दिएका थिए । देउवाको भनाई उदृत गर्दै स्रोतले भन्यो, ‘गृह मन्त्रीले भनेर हुन्छ, गम्भीर घटनामा संलग्नको मुद्धा फिर्ता कुनै पनि हालतमा फिर्ता हुँदैन, दोषीलाई उन्मुक्ति दिने कानुनले मिल्दैन, तपाई ढुक्क हुनुहोस म यो निर्णय हुन दिन्न ।’ देउवाले केही दिन कुर्न शारदालाई आग्रह गरेका छन् ।
इनेक्सपेक्टर बोहरा केही बर्ष देउवाको अंग रक्षको रुपमा समेत काम गरेका थिए । देउवाले बोहरा पत्नी शारदालाई कुनै पनि हालतमा मुद्धा फिर्ता नलिने आश्वासन दिएको देउवाको सचिवालयले बताएको छ
Post a Comment