काठमाडौं, १० असोज । डा. गोविन्द केसीले आज ४ बजेदेखि नवौं आमरण अनशन बस्ने घोषणा गरेका छन् ।
आफूसँग यसअघि भएका सहमति पूरा हुने अवस्था नदेखिएकाले दबाब स्वरुप अनशन बस्नु परेको उनले बताएका छन् । स्वास्थ्य मन्त्री गगन थापाले उनको माग पूरा गर्दै जाने आश्वासन दिएका थिए ।
केही दिनअघि प्रधामन्त्री पुष्पकमल दाहाल, शिक्षामन्त्री धनराज पौडेल र स्वास्थ्य मन्त्री गगन थापाले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पत्र नै पठाएका थिए । तर, डा केसीको अनशन रोक्न भने सकेनन् ।
डा. केसीले ४ बुँदे माग राखेर अनशन घोषणा गरेका हुन् ।
बुँदा नं १ मा आफ्ना सुझाव समेटेर चिकित्सा शिक्षा ऐन यही संसदबाट पारित गर्ने, बुँदा नं २ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की र आयुक्त राजननारायण सिंहलाई महाअभियोग लगाउनुपर्ने, बुँदा नं २ मा मेडिकल शिक्षाको शुल्क माथेमा आयोगले सुझाए अनुसार हुनुपर्ने र त्यसपछि शुल्क समायोजनका लागि बनाइएको समिति खारेज गर्नुपर्ने, ४ नं बुँदामा पहिलेको सहमतिहरु आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्ती गर्नुपर्ने, विचाराधीन विधेयक संसदबाट फिर्ता लिनुपर्ने र आईओएमका भ्रष्टहरुमाथि छानविन र कारबाही गर्नुपर्ने उल्लेख छ ।
#फाइल फोटो
Post a Comment