Latest Updates :

टीकापुरमा हत्या गरिएका एसएसपी न्यौपानेको परिवार भन्छ, ‘दोषीलाई कारबाही गर


SHARE THIS POST :

काठमाडौं, १० असोज ।
 सरकारले मधेस आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने तयारी गरेपछि कैलालीको टीकापुर घटनामा परी ज्यान गुमाएका एसएसपी लक्ष्मण न्यौपानेका परिवारले घटनाको दोषीलाई कारबाही गर्नुपर्ने माग गरेको छ ।
सरकारले मुद्दा फिर्ता लिने तयारी गरेकोमा आफूहरुलाई दुःखी बनाएको परिवारले बताएको छ । नेपाल समाचारपत्र दैनिकले खबर छापेको छ ।

पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन हुनुपूर्व नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच तीनबुँदे सहमति भएको थियो ।

तीन बुँदे सहमतिमा आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिने गरी कांग्रेस र माओवादीले मधेसी मोर्चासँग सहमति गरेका थिए ।

आन्दोलनका क्रममा लगाइएका मुद्दा फिर्ता लिनुपर्ने भन्दै मधेसी मोर्चाले गृहमन्त्री विमलेन्द्र निधिलाई ५०४ जनाको नामावली बुझाएको थियो ।

सरकारले टीकापुर घटनालगायतको घटनामा पक्राउ परेकाहरूलाई रिहाइ गर्ने तयारी अगाडि बढाएपछि गृहमन्त्री निधि र नेपाल प्रहरीबीच विवाद चुलिएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले कुनै पनि हालतमा टीकापुर घटनाका दोषीलाई रिहा नगर्ने दबाब दिँदै आएका छन् ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv