Latest Updates :

जीपको ठक्करबाट बालकको मृत्यु


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, अशोज १०, २०७३


जीपको ठक्करवाट सोमबार दाङमा एक बालकको मृत्यु भएको छ । धनौरीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ज ३८६ नम्वरको यात्रुवाहक जीपको ठक्करबाट पवननगर गाविस वडा नं. ५ कुमलगैरीका सात बर्षीय दिपक चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट गम्भिर घाइते चौधरीको उपचारका क्रममा राप्ती अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी कृष्ण प्रसाईले जानकारी दिए । चालक र जीपलाई नियन्त्रणमा लिएको उनले बताए ।
मृतकका आफन्त र स्थानीयवासीले उचित क्षतीपूर्ती र चालकलाई कार्वाहीको माग गर्दै अहिले तुलसीपुर–धनौरी सडक खण्ड अवरुद्ध गरेका छन् । सडक खुलाउने बिषयमा छलफल भैरहेको डिएसपी प्रसाईले बताए ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv