Latest Updates :

यसकारण भाइरल बन्यो अमिताभले आफ्ना नातिनीलाई लेखेको चिठी...


SHARE THIS POST :

एजेन्सी । सोमबार बलिउड अभिनेता अमिताभ बच्चनले नातिनीद्वय नभ्या र आराध्यालाई चिठी लेख्दै गरेको फोटो र सो चिठी सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पोस्ट गरे । उनले पोस्ट गरेलगत्तै सो चिठी भाइरल भयो । अमिताभले चिठीमा लेखेका छन्:
मेरा अति नै प्यारा नभ्या र आराध्या,
तिमीहरू दुवैले आफ्नो कलिलो काँधमा असाध्यै मूल्यवान् विरासत बोकिरहेका छौ । आराध्या, तिमीले जिजुबुवा डा. हरिवंश राय बच्चनको । र, नभ्या, तिमीले काँधमा जिजुबुवा श्री एच.पी. नन्दाको ।
तिम्रा दुवै जिवुबुवाबाट तिमीहरूले यस्तो ‘थर’ पाएका छौ जसको अधिक प्रसिद्धी, गौरव र चिनारी छ । नन्दा होऊ या बच्चन, तिमीहरू दुवै केटी हौ, नारी हौ । र, महिला भएकै कारण मानिसले तिमीहरूमाथि आफ्ना विचार र सीमा लाद्ने प्रयास गर्नेछन् । कसरी लुगा लगाउने, कस्तो व्यवहार गर्ने, कसलाई भेट्न हुन्छ, कहाँ जान हुन्छ उनीहरूले भन्नेछन् ।
मानिसहरूको निर्णयको छायामा नबाँच्नू । आफ्नै विवेकको प्रकाशमा आफ्नै छनोट गर्नू । तिमीले लगाएको स्कर्टको नापका आधारमा तिम्रो विवेक कति छ भनेर तिमीलाई विश्वास दिलाउने अवसर कसैलाई नदिनू । तिमी कसको मित्र हुनुपर्छ भन्ने विषयको निर्धारण अरूले नगरोस् । आफूले नचाहेसम्म अन्य कारणले विवाह पनि नगर्नू । नयाँ पत्रिकाले छापेको छ ।
मानिसहरूले त कुरा गर्ने नै छन् । तिनले केही डरलाग्दा कुरासमेत गर्न सक्छन् । तर, यसको मतलब तिमीहरूले सबैका कुरा सुन्नै पर्छ भन्ने होइन । मानिसहरूले के भन्लान् भनेर कहिल्यै मतलब नगर । अन्ततः आफ्ना कर्मको फल भोग्ने तिमी मात्र हौ । त्यसकारण कहिल्यै पनि अरूलाई आफ्नोबारेको निर्णय गर्न नदिनू ।
नव्या, तिम्रो थरले उपलब्ध गराएको विशेष सुविधाले नारी हुनुका कारण तिमीले सामना गर्नुपर्ने अप्ठ्यारोबाट जोगाउने छैन । आराध्या, यी सबै कुरा तिमीले देख्न र बुझ्न सक्ने हुँदासम्म सम्भवतः म नरहन सक्छु । तर पनि म अहिले जे भनिरहन्छु, त्यसवेला पनि सान्दर्भिक नै भइरहन सक्नेछ ।
यो संसारमा महिला भएर बाँच्न असाध्यै असहज हुन सक्छ । तर, म विश्वास गर्छु कि तिमीहरूजस्तै नारीले यो स्थिति परिवर्तन गर्नेछौ । आफ्नै सीमाहरू निर्धारण गर्न, आफ्नो निर्णय आफै“ गर्न र मानिसका धारणाभन्दा माथि उठ्न पक्कै सहज छैन । तर, तिमीहरू सबैतिरका महिलाका लागि उदाहरण बन्न सक्छौ । यसो ग¥यौ भने तिमीहरूले मैले गरेभन्दा धेरै गरेको ठहर्नेछ । अमिताभ बच्चनका रूपमा होइन, तिमीहरूको हजुरबुवाका रूपमा चिनिन पाउँदा मलाई गौरवानुभूति हुनेछ ।
मायासहित
तिमीहरूका हजुरबुवा

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv