Latest Updates :

पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुलीमा डुबेको गाडी भेटियो घिमिरे अजै बेपत्ता


SHARE THIS POST :


१३ असोज चितवन - जीप दुर्घटनामा परी वेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा रहको गोताखोरको टोलीले त्रिशुली नदीमा डुबेको अवस्थामा गाडी फेला पारेको छ ।
दुर्घटनास्थल मुग्लीनको घोप्टेभीरबाट करिब १०/१५ मिटर तल नदीमा डुबेको अवस्थामा खोज टोलीले गाडी फेला पारेको चितवनका प्रहरी प्रमखु बसन्त कुँवरले जानकारी दिए । उनले भने ‘दुर्घटनास्थल भन्दा करिब १५ मिटर तल पानीमा डुबेको अवस्थामा गाडी हुकमा अडि्कएको छ,’ तर त्यो गाडी घिमिरेको हो वा भदौ २४ मा हराएको ट्रक भन्नेबारे जानकारी छैन ।’

प्रमु्ख कुवरले केही समयमा उक्त गाडी नदी बाहिर निकालिने जानकारी दिए । यसअघि सोही स्थानबाट मालबहाक ट्रक खसेको थियो । उक्त ट्रक फेला पार्न सकिएको छैन । मुग्लिनबाट काठमाडौं जाँदै गरेको बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ पाँच बजेतिर घोप्टेभिर भन्ने स्थानबाट करिब तीन सय मिटर तल थियो ।

घटनास्थलमा घिमिरेकी आमा ८० वर्षीया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र आफन्त नारायणप्रसाद काफ्लेको शव भेटिएको थयिो । घिमिरेका गाडी चालक विष्याुबहादुर राईको भने जिवितै गरिएको थियो ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv