Latest Updates :

चितुवा आक्रमणमा परेका मृतकका परिवारले राहत पाएनन्


SHARE THIS POST :
सोमबार, २७ भदौ, २०७३

बैतडी । बैतडीको तल्लोस्वाराडमा चितुवाको आक्रमणबाट ज्यान गुमाएका परिवारले एक महिना पुग्न लाग्दा समेत क्षतिपूर्ति तथा राहत पाउन सकेका छैनन् ।   चितुवाको आक्रमणमा परी ज्यान गुमाएका उदयदेव–९ मकैल ब्याल्धमका चञ्चला चन्द र उदयदेव–२ कफाडीका अञ्जली चन्दका परिवारले राहत तथा क्षतिपूर्ति नपाएका हुन ।   उदयदेव–९ का हीरा चन्दकी सात वर्षीया छोरी चञ्चलाको भदौ ४ गते र उदयदेव–२ का हीरा चन्दकी चार वर्षीया छोरी अञ्जलीको भदौ १८ गते चितुवाको आक्रमणबाट ज्यान गएको थियो ।   दुईटै बालिकाको साँझको समयमा आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेको थियो । प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले राहतका लागि पहल भइरहेको बताए ।   जिल्ला वन कार्यालयले भने क्षेत्रीय वन कार्यालय धनगढीले राहत दिने भएकाले केही ढिलाइ भएको जनाएको छ ।   क्षतिपूर्ति पाउनका लागि मृत भएको भनेर अस्पतालले दिएको शव परीक्षण कागज, प्रहरीको मुचुल्का, गाविस कार्यालयबाट मृतकका परिवारको नाता प्रमाणित गरेको प्रमाणपत्र र सामुदायिक वनको मुचुल्कापत्रलगायतका कागजपत्र आवश्यक पर्ने सहायक जिल्ला वन अधिकृत रामप्रसाद चौधरीले बताए ।

   यसअघि वन तथा भू–संरक्षण मन्त्रालयले लागू गरेको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोगसम्बन्धी निदेशिका, २०६९ अनुसार १४ मृतकका परिवारलाई एक लाख ५० हजारका दरले राहत रकम उपलब्ध गराइएको, छ मृतकका परिवारलाई तीन लाख का दरले राहत रकम उपलब्ध गराइएको जिल्ला वन कार्यालय बैतडीका सहायक वन अधिकृत चौधरीले बताए ।   त्रासमा तल्लोस्वराड   चितुवाले मानिसमाथि नै आक्रमण गर्न थालेपछि बैतडीको तल्लोस्वराडबासीमा सन्त्रास फैलिनुका साथै निकै चिन्तित भएका छन् ।   दिउँसो तथा रातिको समयमा हँसिया, खुकुरीलगायतका सामग्री बोकेर मात्रै घरबाट निस्किने गरेका छौँ उदयदेव–४ का शिवराज साउँदले भने, “महिला घाँस दाउरा गर्न तथा खरफागला गर्न जाँदा समेत समूहमा जाने गरेका छन्” यस्तै साँझ हुने बितिकै घरभित्रैबाट निस्किन समेत डर लाग्ने गरेको उनले बताए । रासस -
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv