Latest Updates :

होस् गर्नुस् फेसबुक कमेन्ट गर्दा प्रहरी कारबाहीमा पर्नुहोला


SHARE THIS POST :

काठमाडौं ,प्रहरीले सामजिक सञ्जालमा अपशब्द प्रयोग नगर्न सबैलाई सचेत गराएको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले विज्ञप्ति जारी गरी समाजिक सञ्जालमा अश्लिल, अपशब्द र अनावश्यक कमेन्टको प्रयोग बढ्दै गएको र पीडितहरुबाट आफ्नो इज्जत तथा प्रतिष्ठामा प्रतिकुल असर परेको गुनासो आएको बताएको छ ।
‘फेसबुक, ट्वीटर जस्ता सबै खाले समाजिक सञ्जाल वा विद्युतीय माध्यमको दुरुपयोग गरी व्यक्ति, शंस्थाको इज्जत, प्रतिष्ठामा आँच पुर्‍याउने खालका कमेन्ट कोही कसैबाट नहुन/नगराउन हुन अनुरोध गर्छौं’ अपराध अनुसन्धान विभागले भनेको छ । यदि कसैको इज्जत प्रतिष्ठामा असर पर्ने अभिव्यक्ति दिएमा कानुन बमोजिम कडा कारबाही हुने प्रहरीले बताएको छ ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv