Latest Updates :

ढुंगाले हानेर श्रीमतीको हत्या गरेर प्रहरीमा मोटरसाइकलले हानेको जानकारी


SHARE THIS POST :

कञ्चनपुरः परपुरुषलाई प्रेम गरेको आरोपमा कञ्चनपुरको झलारीपीपलाँडी श्रीमानले ढुंगाले हानेर श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको आफैँले हत्या गरेर प्रहरीमा उजुरी भने मोटरसाइकलले ठक्कर दिएर घाइते भएको जानकारी दिएका थिए ।

प्रहरी अनुसन्धानका क्रममा श्रीमतीको हत्या गरेर प्रहरीलाई झुटो विवरण दिएको खुलेको हो । प्रहरी अनुसन्धानका क्रममा झलारीपीपललाँडी घर भएका २० वर्षका बलराम रानाले ढुङ्गाले हानेर २१ वर्षकी श्रीमती जिविका रानाको हत्या गरेका हुन् ।

प्रहरीका अनुसार शुक्रबार राति दिदीको घरबाट खाना खाएर असैनास्थित आफ्नो घरमा जाँदै गर्दा मोटरसाइकलको ठक्करले श्रीमती घाइते भएको भन्दै बलरामले प्रहरीमा खबर गरेको बताएका थिए ।

घाइते रानाको महाकाली अञ्चल अस्पतालमा उपचारका क्रममा शनिबार बिहान ज्यान गएको कञ्चनपुरका प्रहरी प्रमुख तुलसी घिमिरेले जानकारी दिए ।

मोटरसाइकलले ठक्कर ठक्कर दिएको उजुरी परे पनि घाइते रानाको शरिरमा मोटरसाइकले ठक्कर दिएजस्तो कुनै चोटपटक नदेखिएकाले प्रहरीले बलराम रानासँग सोधपुछ गरेको थियो ।

सोधपुछ गर्दा बलरामले हत्या गरेको स्वीकार गरेको प्रहरी प्रमुख घिमिरेले बताए । उजका अनुसार बलरामले परपुरुषसँग प्रेम रहेको भन्ने आशंकामा श्रीमतीलाई ढुङ्गा हानेर घाइते बनाएर प्रहरीलाई खबर गरेका थिए ।

.


SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv