Latest Updates :

बालकको टाउकोमा नाक उमारेर मिलाइयो


SHARE THIS POST :


भारतको इंदौरमा डाक्टरहरुले एक जना बालकको टाउकोमा नाक उमारेर प्रत्यारोपण गर्न सफल भएका छन् । डाक्टर अश्विनी दासको समूहले एक वर्ष लगाएर बालकको नाक प्रत्यारोपण गर्न सफल भएका हुन् । टाउकोमा नाक उमार्न भने तीन महिना लागेको थियो ।
भारत उज्जैनका बालक अरुण पटेलको सानै छँदा डाक्टरले गलत निन्जेक्सन लगाएका कारण मांशपेसी गल्ने समस्या देखिएको थियो । यसैले उनको पुरै नाक गलेर झर्‍याे ।

रोगले नाक गुमाएका उनी घर बाहिर कतै जाँदैनथे । नाक नभएको बालक देखेर गाउँका मानिसहरु अनेक कुरा गर्थे । जसले अरुणलाई थप समस्यामा पाथ्र्यो । यसरी नै १२ वर्ष बित्यो । गाउँकै एकजनाले प्लाष्टिक सर्जरी गर्न सल्लाह दिएपछि अरुण परिवारसँगै इंदौर आएर उपचार गराएका हुन् ।



यसरी भयो नाकको प्रत्यारोपण
‘सामान्य खालको प्लाष्टिक सर्जरी सम्भव थिएन’ डाक्टर अश्विनीले भन्नुभयो, ‘सबैभन्दा पहिले अरुणको टाउकोको केही भागमा खाली ठाउँ बनाएर सिलिकोन थैली स्थापित गर्यौँ ।’
यसै प्रक्रियाले टिशू बड्दै गयो र तीन महिनाको मेहनतपछि सिलिकोन थैली राखेको ठाउँमा नाकको आकार निस्कियो ।


त्यसपछि अरुणको छातीको तल्लो भागको कार्टिलेज निकालेर उनको अनुहारसँग मिल्दो कृत्रिम नाक तयार गरियो । त्यसलाई टाउकोमा सिलिकोन थैली भएको ठाउँमा मिलाइयो ।
तीन महिनासम्म त्यसरी राखेपछि शरिरका अन्य अंगमा जस्तै रक्त सञ्चार प्रक्रिया सुरु भयो । तीन महिनापछि कार्टिलेजबाट बनेको नाकलाई नाक हुनुपर्ने ठाउँमा मिलाइयो र नशाहरुसँग जोडियो । उनी १६ वर्षको पुगेपछि फेरि एउटा शल्यक्रिया गर्नुपर्ने डाक्टरहरुले बताएका छन् ।

स्रोत : दैनिक भास्कर

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv