Latest Updates :

धादिङ बस दुर्घटना : आँखा खोल्दा चालकको टाउको सिटमा थिएन (भिडिय


SHARE THIS POST :

बस दुर्घटनामा घाइते भएका बिकी थापा मगर त्रिवि शिक्षण अस्पतालमा उपचार गराउँदै। तस्विरः प्रबिन कोइराला

हेलिकोप्टरबाट ल्याइएका एक जनाको शिक्षण अस्पतालमा मृत्यु
धादिङ बस दुर्घटनामा १९ को मृत्यु, ११ घाइते
बस साढे ८:३० बजे धादिङ बेँसीबाट हिँडेको थियो। बसमा सिटमा मात्र यात्रु थिए। गाडीको बीचमा कोही उभिएका थिएनन्। व्यापारीले दशैँका लागि भनेर हुटमा फेन्सी सामान हालेका थिए। लपाङ फेदिमा पुगेपछि चालकले खाना खान बस रोके। हामी सबै गाडीबाट ओर्लियौं।

बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो। बझारिँदै तल खस्यो। तल पुगेर बजारिएपछि गाडीको गति रोकियो। यसो हेरेको चालकको टाउको सिटमा थिएन, शरीर मात्र थियो।
म हजुर बुवासँगै (पदमबहादुर थापा मगर) उहाँको पेन्सन लिएर फर्किंदै थिएँ। मारपाक गाविसबाट हामी ४ जना बसमा चढेका थियौं। लपाङ फेदिमा खाना खाइसकेपछि बस उकालो लाग्यो। बाटो भिरालो थियो। भिरालो बाटोको डिलपट्टिबाट बस गुडिरहेको थियो। ढिलमा सानो पर्खाल पनि थियो। सडक कच्ची थियो। उकालो बाटो आयो।

उकालो कट्नै लागेको थियो बस एक्कासि अनियन्त्रित भयो। चालकले ब्रेक हाने। बसभित्र कोकोहोलो मच्चियो। सबै अत्तालिएर कराए, चिच्याए। गुहार गुहार भन्न थाले।

म चालक बस्ने सिटको ठिक पछाडि थिएँ। सिटभन्दा माथिपट्टि सामान राख्ने ठाउँको डण्डीलाई समातेँ। गाडी जता जता कोल्टियो। मैले जिउलाई लचकदार बनाएर त्यतै त्यतै कोल्ट्याएँ। बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो।

भिडियो

म चालक बस्ने सिटको ठिक पछाडि थिएँ। सिटभन्दा माथिपट्टि सामान राख्ने ठाउँको डण्डीलाई समातेँ। गाडी जता जता कोल्टियो। मैले जिउलाई लचकदार बनाएर त्यतै त्यतै कोल्ट्याएँ। बस सडक डिलको पर्खाल भत्काएर तल झर्‍यो।

बजारिँदै तल खस्यो। मैले अाँखा चिम्लिएँ। तल पुगेर बजारिएपछि गाडीको गति रोकियो। अाँखा खोलेँ। यसो हेरेको चालकको टाउको सिटमा थिएन, शरीर मात्र देखेँ। बस करिब ५ सय मिटर तल खसेको जस्तो लाग्यो। मारपाकका हामी ४ जना चढेका थियौं। त्यसमध्ये मेरै आँखा अगाडि ३ जना साथीको मृत्यु भयो। बस तल पुग्दा गाडीमा ५-६ जनाको शरीर मात्र चलेको देखिन्थ्यो। अरु सबैको जिउ यताउता छरिएको थियो। कसैका अङ्गहरु थिएनन्। मैले यसो आँखा उठाएर हजुर बुवा खोजेँ। हेर्दाहेर्दै उहाँले पनि धर्ती छोड्नुभयो।

(धादिङ बस दुर्घटनाका घाइते बिकी थापा मगरसँग नागरिकन्युजका शिवहरि घिमिरेले त्रिवि शिक्षण अस्पतालमा गरेको कुराकानीमा अाधारित)


« त्रिशूलीमा बेपत्ता पूर्वगृहमन्त्री र दुई भाई अझै फेला परेनन्, गाडी नदीमा यसरी खस्यो (हेर्नुहोस भिडियो) (Previous News)
(Next News) धादिङको मार्पाक बस दुर्घटनामा १७ को मृत्यु २० घाइते ९ जनाको अवस्था गम्भीर,घाइते ६ जनालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो पूरा पढेर सक्दो SHARE हेर्नुहोस »

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv