साइप्रसको लार्नाका एयरपोर्टको अध्यागमनले हस्तलिखित पासर्पोट भएका नेपालीलाई स्वदेश फर्कन रोक लगाएको छ ।
एनआरएनए साइप्रसका अध्यक्ष सुवास मल्लल एमआरपी नभएका नोपलीहरुले एमआरपी वा ट्राभल डकुमेन्टका लागि निम्न व्यक्तिहरुलाई सम्पर्क गर्न जानकारी समेत दिएका छन् । अध्यक्ष मल्लले सामाजिक सञ्जालमार्फत दिएको उक्त जानकारीमा भनिएको छ “साइप्रस लार्नाका एयरपोर्टबाट हस्तलिखित पासपोर्ट भएका व्यक्तिहरुलाई घर (नेपाल) जान रोक लगाइदिएको छ । त्यसकारणले गर्दा हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरु जो जसको एमआरएपी छैन, उहाँले तुरुन्तै एमआरपीको एप्लाई गर्नुहुन र जो अहिले तत्कालै हस्तलिखित पासपोर्टबाट घर जान खोज्नु भएको छ (तयार हुनुहुन्छ) उहाँहरुले ट्राभल डकुमेन्टका लागि एप्लाई गर्न विनम्र अनुरोध गर्दछु ।”
सम्पर्क र सहजताका लागि
डा. राम जीवन पन्जियार – 00357- 99666401 (होनरी कन्सुल) ConsulNp Cyprus Stavrou Avenue 71 , 1st floor , Strovolos 2035 , Nicosia ,Cyprus श्री सुबास मल्ल -00357 – 96751378 (अधक्ष्य – एन. आर. एन. ए. साइप्रस ) Nrna Cyprus - See more at: http://sansarnews.com/?p=8971#sthash.jv0vvxsH.dpuf
Post a Comment