Latest Updates :

पहिला सहमतिमा यौनसम्पर्क, पछि तिनै युवतीले एकाएक किन हालिन् ‘रेप’को मुद्दा ? - See more


SHARE THIS POST :

काठमाडौं / दुई साता अगाडि महानगरीय प्रहरी वृत्त बालाजुमा दुई महिला आफ्नो गुनासो लिएर पुगे । उनीहरूले आफ्नो गुनासो वृत्तका डिएसपी सन्तोष तामाङलाई सुनाए । कहीँ कतैबाट नाता पर्ने नवलपरासीका एक युवकबाट आफू बलात्कृत भएको गुनासो पोखे ।

जनप्रहार साप्ताहिकले समाचार छापेको छ । दुई महिलामध्ये एक आमा र एक छोरी थिए । भावविह्ल अवस्थामा रहेका आमाछोरीलाई डिएसपी तामाङले न्याय दिलाउने बचने दिँदै जाहेरी दिन लगाए । सापटी दिएको तीन हजार रुपैयाँ फिर्ता गर्ने बहानामा बालाजुस्थित कोठामा आएका ती युवकले आफूलाई जबरजस्ती करणी गरेको दाबी ती युवतीको थियो ।

जाहेरी र पीडितको बयान लिएपश्चात् अनुसन्धानमा जुटेका डिएसपी तामाङले नवलपरासीमा रहेका ती युवकलाई २४ घन्टा नबित्दै पक्राउ गर्न सफल भए । पक्राउ गरेर काठमाडौं नआउँदै थाहा भयो आमा छोरीको नियत कारबाही गराउनुको सट्टा ती युवकका आफन्तसँग सुरु भयो बाग्रेनिङ । आरोपित युवकलाई पक्राउ गरेर हिरासतमा राखेपछि आमाछोरीले डिएसपी तामाङलाई भने हाम्रो कुरा मिल्यो केटालाई छाडिदिनु ।

 डिएसपी तामाङ छाँगाबाट खसेझंै भए, हिजोसम्म रोइकरार्ई गर्ने र कारबाही गर्नुप¥यो भन्ने आमाछोरी बलात्कृत गर्नेलाई छाड्न आदेश दिन थालिन् । त्यसपछि डिएसपी तामाङले जाहेरी दर्ता भइसकेको र बलात्कार गर्ने अपराधीलाई छाड्न नमिल्ने भन्दै मुद्दा चलाउने बताएपछि बल्ल खुल्यो आरोपको रहस्य । कहीँ कतैबाट नाता पर्ने तर विवाह गर्न मिल्ने ती युवकसँग युवतीको पहिलेदेखि नै लसपस हुँदै आएको थियो ।

 डिएसपी तामाङका अनुसार पछिल्लो समय ती युवकसँग खटपट भएको र अर्कै केटीसँग विवाह गर्ने हल्ला चलेपछि ट्रयापमा पारेर छोरीको विवाह गराउने योजनामा आमा भएको रहस्य खुल्यो । योजना मुताबिक प्रहरीलाई दुरुपयोग गरेर आफ्नो दुनो सोझ्याउन लागिपरेका आमाछोरीको सपना चौपट भयो जतिखेर डिएसपी तामाङले जबरजस्ती करणीमा मुद्दा अघि बढाए ।

 ‘पहिला नै प्रहरीलाई जे हो वास्ताविकता बताएको भए सक्दो सहयोग गर्थें, तर प्रहरीलाई मिसयुज गरेर कसैलाई बार्गेनिङ गर्ने अधिकार छैन’, डिएसपी तामाङले भने, ‘सरकारी डायरीमा जाहेरी दर्ता भइसकेको थियो, मैले चाहेर पनि केही हुन सक्ने अवस्था थिएन ।

अब अदालतबाट छुटाउन लागिपरेका छन् ।’ उनीहरूको उद्देश्य भनेको प्रहरीबाट छुटाइदिन्छु मुद्दा फिर्ता लिन्छु भनेर केटालाई विवाह गर्न बाध्य बनाउनु रहेको प्रहरीले जनप्रहारलाई जानकारी दिएको छ । पछिल्लो समय महिला अधिकार, महिला हकहितका लागि बनेका कानुनको चरम दुरुपयोग यसरी बढ्न थालेको हो । कथित महिलाले आफ्नो क्षणिक स्वार्थ पूरा गर्न खोज्दा आम महिलामाथि नै प्रश्नचिह्न खडा हुन थालेको छ ।

 सहमतिमा सेक्स गर्ने अलिकति चित्त नबुझेपछि रेप भयो भन्दै हल्ला गर्ने परिपाटीले समाजमा विकराल रूप लिन थालेको छ । बढ्दो सहरीकरण र पश्चिमेली मुलुकको प्रभावले लिभिङ टुकेदरसहित यस्ता घटना बढ्न थालेका उदाहरण धेरै छन् । समाजमा बदनाम हुने डर, पारिवरिक डर र आर्थिक लोभमा फसेपछि सहमतिमा भएका सम्बन्धलाई युवतीले बलात्कृत भई भन्दै उजुरबाजुर गर्ने परिपाटीले समाजमा विकराल रूप नलेला भन्न सकिन्न ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv