Latest Updates :

बुद्ध जन्मभूमी नेपालको लुम्बिनी नै हो भन्ने यस प्रमाणलाई सक्दो सेयर गरी हाम्रो बुद्धभूमी जोगाऔं


SHARE THIS POST :


काठमाडौँ, २३ चैत्र, आनन्द अमृत । भारत वर्ष अन्तरगत पर्ने हिमवत खण्डको महत्व पूर्ण शिरोभाग नेपाल पुरी हो । यस पुरीमा सनातन धर्मको उत्पति तथा उद्म विन्दुको रुपमा लिइन्छ । जहाँ सत्य, त्रेता, द्धापार, कली चारै युगमा सिद्धहरु ऋषि, ज्ञानी, आत्मज्ञानी, योगी, ध्यानी, तपस्वीहरु अवतरोत भइ ज्ञान प्राप्ति गर्नु भयो । जसको उर्जा हाल पनि ब्रमाण्डमा व्याप्त छ । यसै तपोभूमिमा भगवान, शंकर, भगवान, विष्णु आद्या शक्ति स्वरुपा देविकाली आदि अवतरित भइ यस भूमिलाई पूर्ण बनाउनु भयो । श्रीमद् भागवत् पुराण लगायत अन्य विविध पुराणमा वेदव्यास महाराजले भगवान विष्णुका विविध अवतार मध्ये,दश अवतारको विशेष व्याख्य गरेको पाईन्छ । जबजब संसारमा अनिष्ट, पाप, दुष्कर्म, बढ्दै गई धर्मलाई अधर्मले जित्छ । त्यो समय भगवान अवतार लिनुहुन्छ भन्ने सास्त्रीय मान्यता छ । जसमध्ये भगवान विष्णुका दश अवतार, मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परसुराम, राम, कृष्ण, वुद्ध, कलकी आदि जसमध्ये वुद्ध अवतार शक्तिको अवतारको रुपमा पनि शास्त्रमा विशेष व्याख्या गरिएको पाईन्छ ।

 जस्को जन्म अवतार नेपाल भूमिको पश्चिमाञ्चल विकास क्षेत्र लुम्बिनी अञ्चलमा भएको पाईन्छ । पिता शुद्धोधन र माता मायादेवीका जेष्ठ पुत्रका रुपमा भगवान गौतम वुद्ध जन्मनु भएको थियो । उहाँको जन्म लुम्बिनी क्षेत्रमा अकस्मात अर्थात एउटा संयोग थियो । जहाँ भगवान वुद्ध जन्मिए पछि सात पाईला हिड्नु भएको र त्यहाँ केही दिन विताई सकेपछि उहाँलाई लिएर रानी मायादेवीले साख्य मूनीको राज्य तथा दरबार रहेको क्षेत्र हालको कपिलवस्तु जिल्ला तिलौरा कोटमा लगियो । त्यतिखेरको समयमा विविध सन्त तथा ज्ञानीजनले राजा शुधोधनलाई छोरा राजकाज गरी नबस्ने, ज्ञानी सन्त बन्दछ भनि सुनाए पछि राजा दुःखीत भएर भगवान गौतम वुद्धलाई विशेष भोगविलास लगायत विविध लिला सहित २९ वर्षको उमेर सम्म दरबारमा राखियो भन्ने भनाई छ । भगवान गौतम वुद्धलाई वैवाहीक सम्बन्धमा बाँध्ने काम पनि गराईयो । एक पुत्र पनि प्राप्ति भयो । एक दिनको कुरा थियो भगवान गौतम वुद्ध संगी साथीसंग बाहिर निस्कनु भएको थियो जस समय भगवान वुद्धले मानिस वृद्ध भएको, दुःखले ग्रस्त भएको, रोग लागेको र मृत्यु वरण गरेको देखेपछि उहाँको मन विचलीत भई जिवन जगतबाट वैराज्ञता प्राप्त भई ज्ञानको खोजीमा कपिलवस्तुको तिलौराकोट दरबारको पूर्वि तर्फको द्धार प्रयोग गरी विविध ठाउँ हुँदै भारत वर्ष अन्तरगतको बोध गया भन्ने ठाउँमा धेरै वर्ष तपध्यान साधना गरी वुद्धत्व प्राप्ति गर्नु भएको भन्ने मान्यता छ । त्यतिखेरको समयमा अशान्ति, झैझगडा, युद्धले विश्व आक्रान्त थियो । वुद्धले प्राप्ति गरेको अहिंसा, सत्य, अरुलाई दुःख नदेऊ जस्ता शान्ति प्रिय सन्देश र ज्ञानले गर्दा विश्व जगतमा भगवान गौतम वुद्धको अनुसरण गर्ने अनुयायीहरु विश्वको धेरै राष्ट्रमा बढेको छ । जसअनुसार भगवान गौतम वुद्धले अजामिन जस्ता दुष्ट हिंस्रकलाई पनि आफ्नो ज्ञानको माध्यमबाट आफ्नो परम अनुयायी बनाउनु भएको थियो ।

“जसलाई मार्ने अधिकार छ । उसले फेरि पुर्नः जिवन दिन सक्छ ।” दिव्य वाणी भगवान गौतम वुद्धले आफुलाई वुद्धत्व प्राप्ति भइसकेपछि अर्कै नयाँ रोचक प्रसंग भक्तमाझ छाड्नुभयो । जो क्षेत्र अहिले पनि जिवित छ । जहाँ कपिलवस्तु जिल्लाको गोटिहवा भन्ने ठाउँमा क्रकुच्छन्द वुद्ध जन्मिनु भयो र यहि निर्वाण प्राप्ति गर्नु भएको थियो भने निग्लिहवामन कनकमुनि वुद्ध जन्मिनु भई उहाँले पनि यही भूमिमा निवार्ण प्राप्त गर्नु भएको मान्यता भगवान गौतम वुद्धले स्वयम् शिष्यहरुलाई बताउनु भएको मान्यता छ । जस अनुसार पनि नेपालपुरी वुद्धत्व प्राप्ति गर्नेको लागि पावन दिव्यर मुक्तिदाई क्षेत्र बन्न सक्छ । हामी सबै मिलेर यस पवित्र भूमिलाई विकास प्रवद्र्धन र पर्यटकीय क्षेत्रको गन्तव्यमा निर्माण गर्न सक्छौं । तल उल्लेखित स्थानहरुले पनि प्रत्येक्ष लुम्बिनी क्षेत्रमा बुद्ध जन्मेको पुष्टि गर्दछ । माया देवी मन्दिर : यस पबित्र स्थलमा रहेका सम्पूर्ण धरोहरहरुमध्ये माया देवी मन्दिर प्रमुख आकषर्णको केन्द्रबिन्दु हो । विभिन्न सताब्दिमा निर्मित मन्दिरका विभिन्न तहहरुले यसको महत्तो तथा प्राचिनता माथि प्रकाश पार्दछ । भगवान बुद्धको जन्मद्दश्य सहितको प्राचिन मायादेवी मुर्ति यस मन्दिरभित्र अवस्थित छ । मन्दिरभित्रका भग्नावशेषहरु ई.पू. पाचौ शताब्दी देखी सातौ शताब्दीसम्मका छन् । MAYA DEVI TEMPLE The Maya Devi Temple shrine is the heart of all monuments at thios holy site. The complex also bears the testimony of several layers of construction over the centuries. The main object of worship here is the Nativity Sculpture . The restored Maya Devi Temple was reopened on May 16, 2003 on 2547th birth anniversary of the Buddha. The Government of Nepal

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv