चीनको पिली गाउँबाट बालबालिकालाई बिद्यालय जान प्रयोग हुने बाटो संसार कै अति नै डरलाग्दो र खतरनाक मानिन्छ ।त्यहाँका बालबालिकाहरु बिद्यालय जान निकै मन पराउने गर्दछन् तर, उनीहरुले त्यसकालागि हरेक दिन हरेक पल मृत्युसँग खेल्नु पर्ने हुन्छ
यस गाउँका ८० बालबालिका दैनिक निकै खतरनाक चट्टानको बाटो पार गरेर स्कूल जान्छन् । यतिमात्रै कहाँ होर, यिनीहरुले स्कूल पुग्दासम्म ४ वटा ठण्डा नदी पनि पार गर्नुपर्छ ।
विद्यालयका शिक्षक तथा सुरक्षाकर्मीले यी बालबालिकालाई यो खतरनाक बाटो पार गर्न सघाउँछन् । विद्यालय पुग्नेक्रममा यिनीहरुलाई चोट पनि लाग्ने गरेको छ ।
यसलाई विद्यालय जाने संसारकै सबैभन्दा खतरनाक बाटो भन्दा फरक नपर्ला ।
– एजेन्सी
Post a Comment