Latest Updates :

क्याप्टेन सैलेशले गाए, देश रोएको बेला (हेर्नुहोस् भिडियो सहित)


SHARE THIS POST :


देश जनता लागि अहोरात्र सेवामा खट्ने नेपाली सेनाको वीर गाथालाई विषय वस्तु बनाई क्याप्टेन सैलेशको देश रोएको बेला गीतको बोल युटुबमा सार्वजनिक भएको छ । जनताको सेवा सँगै संगितको माध्यमबाट अन्तर्मन जागरण गराउने अभिप्रायले द एन्एन्एम् फोर्टिन् ब्याण्डमा पनि सदस्य रहेका क्याप्टेन सैलेशले यसै ब्याण्डलाई लिएर अथक प्रयासको बीचमा गीतको भिडियो सार्वजनिक भएको हो ।

सुयस सिंहको लिड गिटार, राजकुमार डंगोलको बेस गिटार र भुपेन्द्र रावलको रिदम गिटारको अनुपम संगितले भरिपूर्ण गीतलाई सन्जीप राई (फिनिक्स स्टुडियो)ले रेकर्ड गरेको छ । सुमितको छायांकन प्रबीन श्रेष्ठको सम्पादनमा रहेको भिडियोलाई मूर्तरुप दिएका छन् निर्देशक र्यान कार्कीले । भिडियोमा भूकम्प पछि थलिएको देशको पूननिर्माणमा जुटेका नेपाली सेनाहरुलाई चित्रित गरिएको छ ।
नेपाली सेना जो आफ्नो कर्तव्यबाट कति पनि विचलित नभई देश सेवामा लागिपर्ने भाव सँगै जनताको लागि प्रतिबद्ध हुने आशय व्यक्त गरिएको गितमा सहयोग पुर्याउने सम्पूर्णलाई धन्यवाद दिएका छन् गायक तथा क्याप्टेन सैलेशले ।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv