Latest Updates :

सीमा क्षेत्रका डुबान पीडित नेपालीलाई क्षतिपूर्ति दिन भारतद्वारा अस्वीकार


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, भाद्र २७, २०७३


भदौ २७  सीमा क्षेत्रका डुबानपीडित नेपाली किसानलाई क्षतिपूर्ति दिन नेपालका तर्फबाट राखिएको प्रस्ताव भारतले अस्वीकार गरेको खबर आजको कारोबारमा छापिएको छ। शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा समपन्न दुवै देशका गृहसचिव स्तरीय बैठकमा नेपालले भारतीय बाँधका कारण बर्सेनी हजारौं नेपाली डुबानमा परेको भन्दै क्षतिपूर्ति उपलव्ध गराउन प्रस्ताव राखेको थियो।

तर, आफूहरले सीमा क्षेत्रमा कुनै पनि अनधिकृत संरचना निर्माण नगरिएको क्षतिपूर्तिसम्बन्धी प्रस्ताव छलफल गर्न आवश्यक नभएको भारतीय सुरक्षा अधिकारीले बताएका थिए।

बैठकमा सहभागी नेपाली अधिकारीले डेढ दर्जन स्थानमा भारतले निर्माण गरेको अनधिकृत संरचनाबाट हजारौं नागरिक विस्थापित भएको विवरण पेस गरेका थिए ।

त्यसपछि भारतीय पक्षले डुबान विषय गृह मन्त्रालयको क्षेत्राधिकारमा नपर्ने भन्दै पन्छाएको थियो।

SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv