Latest Updates :

सात जना नेपालीको हत्या गर्ने कुख्यात भारतीय अपराधीसँग नेपाली नागरिकता र पासपोर्ट !


SHARE THIS POST :
प्रकाशित मिति: सोमवार, भाद्र २७, २०७३ समय


भदौ  २७ राजविराज । सातजना नेपाललीको हत्या गर्ने भारतीय कुख्यात अपराधी मोहम्मद मुस्तकिम भनिने रइस मियाँसँग नेपाली नागरिकता र दुई नामबाट पासपोर्ट जारी भएको खुलासा भएको छ । तीन बर्षदेखि मोष्टवान्टेड सुचिमा रहेका मियाँलाई १९ साउनमा त्रिभूवन अन्तराष्टिय विमान स्थलबाट पक्राउ गरिएको थियो । भारत विहार राज्यको मधुवनी बागरियामा घर भएका मियाँले सप्तरी सरस्वर ७ बाट बंशजका आधारमा नेपाली नागरिकता लिएको पाइएको छ । मियाँले १० चैत २२०६ मा गाउँमा पुगेको घुम्ति सिविरबाट मियाँले नेपाली नागरिकता दिएको नागरिक दैनिकमा समाचार छ । जिल्ला प्रशासन कार्यालयका अनुसार ०६३१०५। ४९० नागरिकता नम्वर रहेको मियाँको बाबुको नाम मुराई मियाँ कुजरा उल्लेख गरिएको छ । मुराईलाई बाबु बनाएपनि उनी ससुरा भएको सप्तरीका प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । श्रोत  एस  काठमाडौं
SHARE THIS POST :

Post a Comment

bbc

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. Nepal 1TV - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by nepal1tv